ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनसङ्ख्या बढाउन दुलही आयात !

Oct 30, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

विश्वमा प्रायः बढ्दो जनसङ्ख्याप्रति चिन्ता बढिरहेकै बेला नर्वे र आइसल्याण्डका बीचमा रहेको ड्यानिस फारोक आइल्याण्डमा भने घट्दो जन्मदर ठूलो समस्याका रुपमा देखा परेको छ । यसकारण भविष्यमा जनसङ्ख्या कमीको जोखीम निम्तिनेप्रति चिन्तित त्यहाँका बासिन्दाले जनसङ्ख्या बढाउन बेहुली आयात गर्ने गरेका छन् । सन् २००० सम्ममा त्यहाँ महिलाको तुलनामा पुरूषको सङ्ख्या उच्च रुपले बढेको थियो तर अहिले भने त्यहाँको कुल जनसङ्ख्या ४८ हजार ५ सयमात्र रहेको बताइएको छ ।

प्रायः फेरोइज महिला अध्ययनको सिलसिलामा लण्डन, ओस्लो तथा कोपनहेगनलगायतका राष्ट्रमा गएको र केही भने कहिल्यै नफर्केकाले महिलाको सङ्ख्यामा उच्च कमी आएको हो । आइल्याण्डका पूर्व आर्थिक सल्लाहकार हर्मन ओकार्सनले सन् २०२३ सम्म त्यहाँको जनसङ्ख्या ३७ हजारमा समेटिने चेतावनी दिएका छन् । ‘यो आफ्नो अस्तित्व जीवित राख्ने लडाइँ हो, बच्चा जन्माउने युवा महिला बाहिरिनाले समस्या निम्तिन सक्छ,’ उनले भने । यसैको उपायस्वरुप केही पुरूषले थाइल्याण्ड र फिलिपिन्सबाट दुलही आयात गर्ने गरेको बताइएको छ ।

फेरोइज आइल्याण्डमा थाई तथा फिलिपिनो महिला पर्यटकको सङ्ख्या उच्च रहेको छ । सन् २००६ यता यो सङ्ख्यामा दोब्बर वृद्धि भएको छ । यद्यपि, थाई तथा फिलिपिनो पर्यटकको सङ्ख्यामा भएको वृद्धि दुलही आयातका कारणले हो वा रोजगारीका कारणले भन्नेबारे स्पष्ट छैन । कैयौं वर्षसम्म एक्लो जीवन बिताइरहेका शिक्षक बजार्नी जिस्का दालले एक फिलिपिनो महिला चेरिलीसँग विवाह गरेका छन् । आफ्नो श्रीमान् असल भएको चेरिलीको भनाइ छ । त्यस्तै, दालका भाइ तथा अन्य केही मित्रले समेत फिलिपिनो महिलासँग विवाह गरेको बताइएको छ । फिलिपिनो तथा फेरोइजको सांस्कृतिक विशेषताहरुमा समानता हुने भएकाले उनीहरुको वैवाहिक जीवन सहज भएको पाइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)