ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीनओटा रिसोर्टका लागि साझेदार खोज्दै तारागाउँ

Apr 18, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
‘बुट मोडल’मा चलाउन प्रस्ताव, ३० वर्षसम्म लीजमा दिने योजना काठमाडौं । तारागाउँ विकास समितिले हाल सञ्चालनमा रहेका तीनओटा रिसोर्ट/होटलमा निजीक्षेत्रसँग साझेदारी गर्न निर्माण–स्वामित्व–सञ्चालन–हस्तान्तरण (बूट) मोडलको प्रस्ताव गरेको छ । नगरकोटस्थित तारागाउँ रिसोर्ट २०४२ सालदेखि सञ्चालनमा छ । पोखरा र ककनीस्थित रिसोर्ट भने २०४५ देखि सञ्चालनमा आएका हुन् । पहिलो चरणमा ककनी र पोखराका होटललाई बुट मोडलमा लैजाने तथा नगरकोटको होटललाई भने जग्गाका केही प्रक्रिया पुर्‍याएर यो अवधारणामा अगाडि बढाउने समितिको तयारी छ । बूट अवधारणामा सञ्चालन हुने योजना अनुसार ती होटल ३० वर्षसम्मका लागि भाडामा दिने तयारी समितिको छ । तीनओटै होटलको कुल क्षेत्रफल ५० रोपनी छ । समितिका अध्यक्ष नारदकुमार लुइँटेलका अनुसार समितिले २०७३ सालमै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा त्यससम्बन्धी प्रस्ताव गरेको थियो । ‘करीब २ महीनाअघि मात्रै यो प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ,’ उनले भने, ‘प्रस्ताव स्वीकृत भएपछि भाडादर तोकेर टेन्डर आह्वान गरिनेछ ।’ उनका अनुसार आर्थिक वर्ष २०४२/४३ देखि नै सरकारले नेपालका डाँडाकाँडामा पर्यटनको सम्भावना रहेको बताउँदै पर्यटकीय योजना अगाडि सारेको थियो । ‘त्यतिबेला सरकारले पर्यटनमा निजीक्षेत्र आउँछ भन्ने लक्ष्य लिएको थियो । सोही अनुसार अहिले सरकारीभन्दा निजीक्षेत्रलाई नै अग्रसर बनाउन यो अवधारणा अपनाउने तयारी छ,’ लुइँटेलले भने । पोखरा, ककनी र नगरकोटमा त्यसअघि नै बनेका दरबारलाई समितिले होटलको रूप दिएको थियो । अहिले ती भवन पुराना र जीर्ण भएकाले जीर्णोद्धारको काम अगाडि बढाउन आवश्यक देखिएको समितिको भनाइ छ । पर्यटनका ‘प्राइम लोकेशन’मा सरकारी स्वामित्वमा रहेका होटलहरू राम्रोसँग सञ्चालन हुन सकेका छैनन् । सोही कारण निजीक्षेत्रको सहभागितामा ती होटल सञ्चालन गर्ने र त्यसबाट आएको नाफाबाट खप्तड, रारा लगायत मुख्य पर्यटकीय इलाकामा थप होटल खोल्ने समितिको योजना छ । समितिले सामुदायिक ग्रामीण रिसोर्ट, होम स्टे अध्ययन, ग्रामीण पर्यटन योजना र गुरुयोजना, साना पर्यटन पूर्वाधार विकासमा काम गर्दै आएको छ । होमस्टे, विभिन्न जिल्लामा पर्यटनसँग सम्बद्ध तालीम तथा गोष्ठीहरू पनि समितिले गर्दै आएको छ । समितिको काठमाडौंको पाँचतारे होटल हायातमा समेत लगानी छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)