ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५० वर्षको उमेरमा कामप्रति सन्तुष्टि !

Oct 31, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

मानिसहरु कुन उमेरमा जागीरप्रति सन्तुष्ट रहन्छन् भन्ने विषयमा विभिन्न सर्वेक्षण भएका छन् । अमेरिकी सञ्चारमाध्यम एशोसिएटेड प्रेसको सेण्टर फर पब्लिक अफेयर्स रिसर्च ‘एनओआरसी’ले गरेको सर्वेक्षणले भने प्रायः मानिस आफ्नो जागीरबाट ५० वर्षको उमेरमा मात्र सन्तुष्ट हुने तथ्य फेला परेको छ । सर्वेक्षणमा सहभागी १० मध्ये नौ अमेरिकीले ५० वर्षको उमेरमा आफू जागीरबाट सन्तुष्ट भएको अभिव्यक्ति दिएका थिए । यो अध्ययनले उमेर बढ्दै जाँदा मानिसको कामप्रतिको सन्तुष्टि पनि बढ्दै जाने अन्य अनुसन्धानलाई समेत समर्थन गरेको छ ।

जनरल सोसियल सर्भेका निर्देशक टम स्मिथले समेत जागीरप्रतिको सन्तुष्टिलगायत अमेरिकी जनजीवनको विभिन्न पक्षका बारेमा व्यापक सर्वेक्षण गरेका छन् । उनको सर्वेक्षणमा समेत वृद्ध कामदारमा जागीरप्रति उच्च सन्तुष्टि रहेको पाइएको छ । साधारणतः वृद्ध कर्मचारीहरुले पहिल्यै आफ्नो व्यावसायिक जीवनको खुड्किलो चढिसक्ने र तलब बढ्नुका साथै उच्च जागीर सुरक्षाको अवस्थामा पुग्ने हुनाले उनीहरुमा जागीरप्रतिको सन्तुष्टि बढी देखिएको हो । अधिकांश वृद्ध कर्मचारीलाई काम गर्दा आनन्द आउने गरेको पाइएको छ । यसैकारण उनीहरुले सेवानिवृत्त जीवनभन्दा कामलाई बढी प्राथमिकता दिने गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)