ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरा अन्तरराष्ट्रिय विमानस्थल : ३ महीनामै तयार भयो धावनमार्ग

Apr 18, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । प्रस्तावित पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण निर्धारित समयभन्दा ६ महीनाअघि नै सकिने भएको छ । २०७८ साउन मध्य (सन् २०२१ जुलाई) सम्ममा उक्त विमानस्थल निर्माण सक्नेगरी ठेक्का सम्झौता भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार धावनमार्ग निर्माण सकिएको छ र त्यसमा रंगरोगनको काम मात्र बाँकी छ । ‘यही गतिमा काम भए २०७७ पुस मध्य (२०२० डिसेम्बर)भित्रै सबै निर्माण सकिनेछ,’ प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने । ६० मीटर चौडा र २ हजार ५०० मीटर लम्बाइको धावनमार्ग निर्माण गत माघदेखि शुरू भएको थियो । हालसम्म आयोजनाको भौतिक प्रगति ३५ प्रतिशतभन्दा बढी भएको प्राधिकरणको राष्ट्रिय गौरवका आयोजना निर्देशक इन्जिनीयर प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार विमानस्थलको मुख्य पक्ष धावनमार्ग र एप्रोन निर्माण हो । ‘पाँचओटा भवनको आरसीसी संरचना तयार भएको छ । टर्मिनल भवन तयार हुनासाथ उपकरण जडानपछि यसको प्रगति देखिनेछ,’ अधिकारीले भने । २२ अर्बको परियोजना चीन सरकारको ऋण सहायतामा निर्माणाधीन उक्त आयोजनाको लागत करीब रू. २२ अर्ब छ । ठूला तीन र साना आठ ओटा जहाज अट्ने क्षमताको विमानस्थलमा १४ ओटा भवन निर्माण हुने प्राधिकरणले जानकारी दिएको छ । चिनियाँ एक्जिम बैंकको ऋणमध्ये ७५ प्रतिशत रकम २ प्रतिशत ब्याजी र २५ प्रतिशत चीन सरकारको निब्र्याजी ऋण हो । यस वर्ष नेपाल सरकारले साढे ७ अर्ब रुपैयाँ विनियोजन गरेकामा हालसम्म साढे ५ अर्ब खर्च भइसकेको महानिर्देशक गौतमले जानकारी दिए । चालू आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा उक्त बजेट अनुसारको काम सकिने उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)