ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाइडबडी विमान खरीद प्रकरण : अख्तियारले ५ विदेशी कम्पनीलाई बोलायो

Apr 19, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरीद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचओटा विदेशी कम्पनीलाई बयानका लागि दोस्रो पटक बोलाएको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आयरल्यान्डको हाइफ्लाई एक्स, अमेरिकाको एएआर इन्टरनेशनल, जर्मनीको एभिएन क्यापिटल जीएमबीएम, जर्मनीकै नर्टन रोज र पोर्चुगलको हाइफ्लाई इन्टरनेशनललाई बयानका लागि बोलाइएको हो । अख्तियारले बिहीवार सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीलाई ७ दिनभित्र उपस्थित हुन भनेको छ । संसद्को सार्वजनिक लेखासमितिले उक्त प्रकरणमा ४ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको उल्लेख गरेको छ । उक्त प्रकरणमा अख्तियारले यसअघि स्वदेशका डेढ दर्जन सरोकारवालाहरूसँग बयान लिइसकेको छ । निगमले दुईओटा वाइडबडी खरीद गर्न अमेरिकाको एएआर इन्टरनेशनलसँग सम्झौता गरेको थियो । एएआरले पछि आफूसँग अन्य कम्पनी पनि साझेदार रहेको उल्लेख गरेपछि शंका उत्पन्न भएको छ । सोही कारण अख्तियारले एएआरका साझेदार भनिएका सबै कम्पनीलाई बोलाएको हो । यसअघि पनि ती कम्पनीलाई अख्तियारले बयानका लागि बोलाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २४ (ख) मा भ्रष्टाचारको आरोपमा अनुसन्धान गर्दा विदेशीको हकमा कुनै अंग्रेजी दैनिकमा कम्तीमा दुई पटक उपस्थित हुन सूचना जारी गर्नुपर्ने व्यवस्था छ । त्यसरी सूचना जारी गरेपछि सम्बद्ध विदेशीले जानकारी पाएसरह हुने ऐनमा उल्लेख छ । सम्बद्ध विदेशी बयानका लागि नआएमा पनि उपयुक्त देखिएमा प्रतिवादी बनाई अख्तियारले मुद्दा दायर गर्न सक्ने कानूनी व्यवस्था छ । उक्त विदेशी व्यक्ति/संस्था अदालतबाट दोषी ठहर भएका उसलाई पनि सजाय र जरीवाना हुन सक्छ । त्यस्तो सजाय पाएका विदेशीको नेपालमा सम्पत्ति भएमा फैसलामा उल्लेख भए बमोजिम जफत हुन्छ । त्यस्तो व्यक्ति नेपालमा आएमा उसलाई पक्राउ गरी फैसला कार्यान्वयन गर्नुपर्ने कानूनी व्यवस्था छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)