ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आगामी आवको बजेट निर्माणमा जुट्यो अर्थ मन्त्रालय

Apr 19, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
राष्ट्रिय योजना आयोगद्वारा रू. १५ खर्बको सिलिङ काठमाडौं । आगामी आर्थिक वर्ष (आव) २०७६/७७ का लागि बजेट निर्माणमा अर्थ मन्त्रालय जुटेको छ । जेठ १५ मा आगामी आवको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि रू. १५ खर्बको सिलिङ तोकेको छ । सोही अनुसार अर्थ मन्त्रालयले काम अगाडि बढाएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाका आर्थिक सल्लाहकार डा. रामशरण खरेलका अनुसार बजेटमा वित्तीय संघीयता कार्यान्वयनको पहिलो वर्षको समेत समीक्षा गरी कार्यक्रम तयार पार्ने काम भइरहेको छ । आयोगले तयार पारेको १५औं पञ्चवर्षीय योजनाको आधारपत्रलाई समेत बजेटमा सम्बोधन गरिँदै छ । वित्तीय संघीयतालाई अझ प्रभावकारी बनाउने खालका कार्यक्रम समेत बजेटमा ल्याउने तयारी गरिएको खरेलले जानकारी दिए । सरकारले चालू आव २०७५/७६ मा अगाडि सारेका कार्यक्रमलाई अझ प्रभावकारी हिसाबले अघि बढाउन बजेटमा थप नीति लिने तयारीसमेत रहेको उनको भनाइ छ । अघिल्ला वर्षहरूमा स्रोत व्यवस्थापन नै नगरी लोकप्रिय कार्यक्रम बजेटमा समावेश गर्दा राज्यकोषलाई ठूलो भार पर्दै गएकाले त्यस्ता कार्यक्रम यसपालिको बजेटमा नराख्ने योजना रहेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए । उनका अनुसार बजेटमा व्यापारघाटा, लगानीयोग्य रकमको अभाव, कृषि, पूर्वाधार लगायतलाई समेत मुख्य प्राथमिकतामा राख्दै सम्बोधन गर्ने तयारी भइरहेको छ । निजीक्षेत्रसँगको समन्वयमा आर्थिक समृद्धिका मुख्य आधारहरूलाई सम्बोधन गरी मुलुकलाई विकासको गतिमा अगाडि बढाउने खालका कार्यक्रम समेत बजेटमा समावेश गरिँदै छन् । यस्तै, राष्ट्रिय गौरवका र अन्य ठूला आयोजनालाई न्यून बजेट विनियोजन गर्ने परिपाटीलाई अन्त्य गर्न नयाँ प्रणालीको शुरुआत गर्ने विषयमा समेत छलफल भइरहेको छ । आगामी आव २०७५/७६ को खर्च यकिन गर्न ‘शून्य आधार’बाट छलफल गरिएको अर्थ मन्त्रालय स्रोतको दाबी छ । बजेटमा खर्च हुनसक्ने अवस्था निक्र्योल गरेर मात्रै नीति तथा कार्यक्रम ल्याउने तयारी छ । यस्तै, राष्ट्रिय विपद्मा बाहेक अन्य बेला हुने रकमान्तरमा समेत बजेट मार्पmत कडाइ गर्ने अर्थको तयारी छ । ‘वित्तीय अनुशासन उल्लंघन अझै नरोकिएकाले त्यसलाई हटाउन आउँदो बजेटको महत्त्वपूर्ण भूमिका हुनेछ,’ स्रोतले आर्थिक अभियानसँग भन्यो । उक्त स्रोतका अनुसार आगामी आवको बजेट मार्फत सामाजिक सुरक्षाका कार्यक्रमहरूमा रहेको दोहोरोपन हटाउने तयारी पनि छ ।

‘समानुपातिक विकासमा जोड देऊ’ आगामी बजेटमा लोकप्रिय कार्यक्रम नराखी मुलुकको समानुपातिक विकासका लागि सरकारले तयारी थाल्नुपर्ने जानकारहरूले बताएका छन् । पूर्वअर्थसचिव रामेश्वर खनालले लोकप्रिय कार्यक्रमले स्रोत व्यवस्थापनमा समेत सकस पार्ने भएकाले मुलुकको समानुपातिक विकासका लागि सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए । उनको भनाइमा बजेटमा सरकारले निजीक्षेत्रलाई मुख्य प्राथमिकतामा राखी नीति तथा कार्यक्रम बनाउनुपर्छ । खनालका अनुसार नेपालमा बाह्य लगानी भित्र्याउन पूर्वाधार विकास मुख्य अवरोधका रूपमा देखा परेको छ । ‘सडक, प्रसारण लाइनजस्ता महŒवपूर्ण पूर्वाधारलाई सरकारले मुख्य प्राथमिकतामा राख्दै बजेट ल्याउनुपर्छ । त्यसबाट वैदेशिक लगानी भित्रिने वातावरणको सृजना हुनेछ,’ उनले भने । सरकारले कर तथा राजस्व नीति तर्जुमा गर्दा लगानीकर्ता निरुत्साहित हुने वातावरण सृजना नहुने खालका वित्तीय नीति सरकारले लिनुपर्ने खनालले सुझाए । अर्थविद् डा. डिल्लीराज खनालले बजेट वितरणमुखी नभई व्यावहारिक र परिणाममुखी हुनुपर्ने बताए । चालू आव २०७५/७६ मा समेत बजेट कार्यान्वयनमा समस्या देखिएकाले त्यसको गम्भीर समीक्षा हुनुपर्ने उनको भनाइ छ । ‘बाह्य लगानीकर्ता अझै पनि ढुक्कसाथ आउने वातावरण नरहेकाले सरकारले व्यावहारिक रूपमा लगानीमैत्री वातावरणको सृजना बजेट मार्फत गर्नुपर्छ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)