ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जेट एयरवेजको उडान कटौती : काठमाडौं–दिल्ली दुईतर्फी भाडा रू. ६० हजारसम्म

Apr 21, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । समस्याग्रस्त भारतीय वायुसेवा कम्पनी जेट एयरवेजको उडान कटौती भएपछि काठमाडौं–दिल्ली रूटको दुईतर्फी भाडा रू. ६० हजारसम्म पुगेको छ । यसअघि जेट एयरवेज लगायत कम्पनीको उडान नियमित रहँदा उक्त रूटको दुईतर्फी उडानमा रू. १८ देखि २० हजारसम्म भाडा थियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अहिले उक्त रूटमा यात्रीको चाप थेग्न गाह्रो भएको छ । हाल काठमाडौं–दिल्ली रूटमा नेपाल वायुसेवा निगम, एयर एन्डिया र इन्डिगो एयरलाइन्सले गरेर दैनिक पाँचओटा उडान गर्दै आएका छन् । यस्तै, भुटान एयरलाइन्स र ड्रुक एयरले सातामा ३ पटक पारो–काठमाडौं–दिल्ली उडान गर्दै आएका छन् । नेपाल ट्राभल एजेन्ट्स एशोसिएशन (नाटा) का अध्यक्ष सीएन पाण्डेका अनुसार जेट एयरवेजको उडान बन्द हुँदा इकोनोमी क्लासको एकतर्फी भाडा ८ देखि १२ हजारबाट २८ देखि ३२ हजार रुपैयाँसम्म पुगेको छ । इकोनोमी क्लासमा दुईतर्फी भाडा ३५ हजारदेखि ४२ हजार रुपैयाँसम्म पुगेको छ । दुईतर्फी रू. ६० हजार भाडा भने बिजनेश क्लासको हो । जेट एयरवेजले काठमाडौं–दिल्ली र काठमाडौं–मुम्बई रूटमा गरी दैनिक १ हजार जनासम्म यात्री ओसार्ने गथ्र्यो । अहिले औसतमा करीब ८ सय यात्रीले मात्र सीट पाउने गरेका छन् । ‘जेट एयरवेजको उडान बन्द हुँदा भाडा बढेको मात्र होइन, टिकट नै नपाइने समस्या छ,’ पाण्डेले आर्थिक अभियानसित भने । उडान बन्द हुनुअघिसम्म उक्त कम्पनीले काठमाडौं–दिल्लीमा दैनिक तीन उडान गर्दै आएको थियो । यस्तै, काठमाडौं–मुम्बई रूटमा दैनिक एउटा उडान गथ्र्यो । विमानस्थल कार्यालयका अनुसार जेट एयरवेज बन्द भएपछि काठमाडौं–दिल्ली उडान दैनिक पाँचओटामा सीमित भएको छ । ‘उडान संख्या कम हुँदा यात्रीलाई सीट पाउनै समस्या भएको छ,’ पाण्डेले भने । उक्त रूटमा नेपाल वायुसेवा निगमले साताको १२ बाट १४ ओटा उडान पुर्‍याउने तयारी गरिरहेको छ । यसैबीच, जेट एयरवेजको रिक्तता पूरा गर्न भारतकै निजी एयरलाइन्स स्पाइस जेटले काठमाडौं–मुम्बई उडानको तयारी थालेको छ । ‘आगामी वैशाख २२ देखि स्पाइस जेटले काठमाडौं–मुम्बई उडानको तयारी गरिरहेको जानकारी आएको छ,’ विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले भने । उक्त कम्पनीले २०७१ सालदेखि दिल्ली र पश्चिम बंगालको बागडोगरा विमानस्थलबाट काठमाडौंसम्मको उडान बन्द गरेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)