ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोरङका उद्योगी व्यवसायीले अर्थमन्त्रीसँग राखे १८ बुँदे माग

Apr 21, 2019  
बजार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
१५ प्रतिशत नगद अनुदानदेखि सगरमाथाको बाटो बनाउन माग विराटनगर । मोरङका उद्योगी व्यवसायीले औद्योगिक विकासका लागि विभिन्न १८ बुँदे माग राखेका छन् । उनीहरूले औद्योगिक विकासँगै आवश्यक पूर्वाधार निर्माण, वस्तु आर्यातनिर्यातमा सहुलियत, ऊर्जाको व्यवस्थापन लगायत माग अर्थमन्त्री डा. युवराज खतिवडा समक्ष अघि सारेका हुन् । आर्थिक वर्ष २०७६/०७७ को बजेट, राजस्व नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा मोरङ व्यापार संघ र उद्योग संगठन मोरङमा आबद्ध उद्योगी व्यापारीले निर्यातमा नगद अनुदान दिई व्यापारघाटा न्यूनीकरण गर्न समेत अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रूपमा तयार पारेको कार्यपत्र मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारडाले अर्थमन्त्री खतिवडा समक्ष प्रस्तुत गरेका थिए । उनले आयात हुने मालवस्तुको ३० प्रतिशत भ्यालु अडिटमा ५ प्रतिशत, ५० प्रतिशतमा १० प्रतिशत र ७० भन्दा माथिमा भ्यालु अडिट भएको उद्योगमा १५ प्रतिशत नगद अनुदान दिने व्यवस्था सरकारले गर्नुपर्ने बताएका थिए । उनले सरकारले यथासक्य औद्योगिक ग्रामका लागि जग्गा व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेका छन् । सेजको अवधारणा उपयुक्त नभएको भन्दै शारडाले प्रदेश नं १ को सुनसरी जिल्लास्थित अमडुवामा रहेको साल्ट्र ट्रेडिङ कम्पनीको ६५० बिगाहा जग्गामा विद्युत्, सडक, पानी, सुरक्षा व्यवस्था लगायत भौतिक पूर्वाधार विकास गरी उद्योग ग्रामको स्थापना गरिदिन सरकार समक्ष माग राखेका हुन् । उनले स्वदेशी उद्योगको संरक्षणका लागि एन्टी डम्पिङ एक्ट तर्जुमा गरी शीघ्र कार्यान्वयनमा ल्याई स्वदेशी उद्योगलाई संरक्षित गरिनुपर्नेमा समेत जोड दिए । उनले उत्पादनमूलक उद्योगको हकमा जारी भएका मुअ कर र आय कर गणनालाई वार्षिक रूपमा नवीकरण गराउनुपर्ने एवम् ३ लाखको बैंक ग्यारेन्टी राख्नुपर्ने प्रावधान खारेज गरिनुपर्ने माग राखेका थिए । आयातित कच्चा पदार्थ तथा तयारी वस्तुमा महसुल दरको फरक कम्तीमा १५ प्रतिशत हुनुपर्ने नीति ल्याउन उनले सरकारसँग माग राखेका छन् । सगरमाथासम्मको बाटो बनाउने कार्यमा बजेट विनियोजन गरी काम अगाडि बढाई आन्तरिक तथा बाह्य पर्यटन बढाउने लगायत सडक निर्माण कार्यलाई शीघ्रता दिनुपर्नेमा समेत उनको जोड थियो । बैंकहरूको स्प्रेडदर साढे ९ प्रतिशत हुँदा नबोल्ने व्यवसायी स्प्रेडदर साढे ४ प्रतिशतमा झरेपछि चर्को ब्याजदर भयो भनेर विरोधमा उत्रिएकोप्रति डा. अर्थमन्त्री खतिवडाले आश्चर्य व्यक्त गरे । व्यापारमा १ दिनमै पनि नाफा हुने तर बैंकले लिने ब्याज वार्षिक भएकाले बैंकले लिने ब्याज र व्यापारको मुनाफा तुलना गर्ने कुरा नभएको अर्थमन्त्री डा. खतिवडाको भनाइ थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)