ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लगानी सम्मेलनका परियोजना ‘चाइना इन्भेष्टमेन्ट फोरम’मा

Apr 22, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.
काठमाडौं । आगामी मे ३०–३१ (जेठ १६–१७) मा चीनको मकाउमा हुने ‘चाइना इन्भेष्टमेन्ट फोरम’मा नेपाल लगानी सम्मेलन–२०१९ मा पेश भएका परियोजनाहरू प्रस्ताव गरिने भएको छ । नेपाल निर्माण व्यवसायी महासंघले लगानी बोर्डसँगको सहकार्यमा उक्त फोरममा ती परियोजना प्रस्ताव गर्न लागेको हो । बोर्डको प्राथमिकता सूची अनुसारका परियोजनाहरू फोरममा पेश गरिने महासंघका अध्यक्ष रवि सिंहले बताए । ‘यो फोरममा लगानीकर्ताहरूले परियोजनाहरू माग गर्छन् र सोहीअनुसार कुनै देशमा लगानी गर्छन्,’ उनले भने, ‘अहिले हामीसँग लगानीका लागि आह्वान गर्न परियोजनाहरू उपलब्ध छन् ।’ मकाउमा हुने फोरममा महासंघले ४ पटक सहभागिता जनाइसकेको छ, अबको सहभागिता पाँचौं हो । उक्त फोरममा लगानी बोर्डको पहिलो पटक सहभागिता हुँदै छ । फोरममा प्रस्ताव गरिने परियोजना छनोटको जिम्मा बोर्डलाई नै दिइएको छ । सिंहका अनुसार यसअघि फोरममा नेपालको सहभागिता मात्रै हुने गर्थ्यो । अहिले भने परियोजना नै तयारी अवस्थामा छन् । मकाउ पर्यटन हब भएकाले त्यहाँका लगानीकर्ताले पर्यटन पूर्वाधारमै लगानी गर्न इच्छा देखाएको सिंहले जानकारी दिए । नेपाली पक्षले पनि पर्यटन पूर्वाधारकै परियोजनाहरू मुख्य प्राथमिकतामा राखेको उनले बताए । म्यान्मा ३ स्थानमा होटल खोल्न इच्छुक लगानी सम्मेलनमा नेपाल निर्माण व्यवसायी महासंघ र म्यान्मा लाइसेन्स एशोसिएशन (एमएलसीए) बीच भएको समझदारी पत्र (एमओयू) अनुसार म्यान्मा पर्यटन पूर्वाधारमा लगानी गर्न इच्छुक देखिएको छ । नेपालका तीनओटा स्थानमा चेन होटल खोल्न म्यान्मा इच्छुक देखिएको एमओयूमा हस्ताक्षर गरेका महासंघका अध्यक्ष सिंहले बताए । उनका अनुसार म्यान्माको उक्त संस्था काठमाडौं, चितवन र लुम्बिनीमा चेन होटल खोल्न इच्छुक देखिएको हो । साथै, उक्त संस्थाले काठमाडौंमा प्रदर्शनी हल स्थापना र बौद्धमार्गी पर्यटक भिœयाउन पनि पहल गर्ने भएको छ । सम्मेलनमा पूर्वाधार विकासमा सहकार्य तथा लगानी गर्ने समझदारी भएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)