ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संकटमा स्वास्थ्य बीमा कार्यक्रम : बीमाशुल्कभन्दा दाबी भुक्तानी बढी

Apr 23, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको आर्थिक वर्ष (आव) २०७४/७५ को वित्तीय अवस्था केलाउँदा स्वास्थ्य बीमा कार्यक्रम संकटमा देखिएको छ । महालेखा परीक्षकको कार्यालयको ५६ औं वार्षिक प्रतिवेदनले पनि उक्त कार्यक्रम संकटमा रहेको देखाएको छ । बोर्डले गत आव २०७४/७५ मा रू. ५२ करोड ३४ लाख ७४ हजार बीमाशुल्क संकलन गरेको थियो । तर, सोही आवमा बोर्डले रू. ६७ करोड ४८ लाख ५ हजार दाबी भुक्तानी गरेको छ । आर्जित बीमाशुल्कभन्दा रू. १५ करोड १३ लाख ३१ हजार बढी दाबी भुक्तानी भएको यसबाट देखिन्छ । महालेखाको प्रतिवेदनमा बोर्डले गरेको आम्दानीबाट खर्च धान्ने स्थिति पनि नदेखिएको उल्लेख छ । प्राप्त बीमाशुल्कलाई परिचालन गरेर आम्दानीको दायरा बढाउन महालेखाले सुझाव दिएको छ । बोर्डले गत आव २०७४/७५ मा उठाएको बीमाशुल्क परिचालन हुन नसकेको महालेखाले औंल्याएको छ । सन्तुष्ट छैनन् सेवाग्राही स्वास्थ्य बीमा गराएका सेवाग्राहीहरू उक्त सेवाबाट सन्तुष्ट हुन सकेको पाइँदैन । आव २०७३/७४ मा सहभागी सेवाग्राहीमध्ये ५८ प्रतिशतले मात्र यसलाई निरन्तरता दिएका छन् । साथै, स्वास्थ्यबीमा बापतको रकम प्राप्त गर्न अनावश्यक झमेला हुने गरेको सेवाग्राहीको गुनासो रहँदै आएको छ । कार्यक्रमलाई प्रभावकारी बनाउन बोर्डले आवश्यक अनुगमन तथा कमजोरीहरू सुधार गर्नुपर्ने महालेखाको सुझाव छ । यस्तै, आव २०७३/७४ मा यो सेवा लागू भएका २४ जिल्लाका अस्पतालमा एक आपूर्तिकर्तासँग ८० थान एक्सरे मेशिन जडान गर्ने सम्झौता भएको थियो । तर, आपूर्तिकर्ताले थप म्यादमा पनि सम्बद्ध अस्पतालमा ७४ थान मेशिन जडान नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेल भने विकासोन्मुख चरणमा रहेकाले यस्तो समस्या आउनुलाई स्वाभाविक मान्छन् । ‘यसको सेवा र पहुँच विस्तार हुँदै गएपछि प्रिमियम पनि बढ्दै जान्छ र यस्तो अवस्था आउँदैन,’ उनले भने ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)