ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धितोपत्र व्यवसायको बीमा अन्योलमा : न ब्रोकरको वर्गीकरण भयो, न त कार्यविधि नै बन्यो

Apr 25, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । धितोपत्र व्यवसायले कुनै पनि कारणवश नोक्सानी बेहोर्नुपर्‍यो भने के हुन्छ ? व्यवसायी (शेयर ब्रोकर) हरू डुब्छन् । किनभने, नेपालमा यस व्यवसायको बीमा नै हुँदैन । त्यसो त, धितोपत्र व्यवसायीले आफ्नो व्यवसायको बीमा गर्नुपर्ने व्यवस्था धितोपत्र बोर्ड सम्बन्धी ऐनले २०६३ सालमै गरिसकेको छ । तर, आजसम्म यस व्यवसायको एउटै पनि बीमा भएको छैन । कारण, १२ वर्षअघि लागू भएको कानूनको व्यवस्थालाई कार्यान्वयन गर्न चाहिने कार्यविधि आजसम्म बनेकै छैन । महालेखा परीक्षकको प्रतिवेदनले हरेक वर्ष औंल्याउँदै आएको यो विषय यसपालिको प्रतिवेदनमा पनि परेको छ । तर, कार्यविधिको निर्माण कहिले हुने हो, कसैलाई थाहा छैन । अर्को वर्षको प्रतिवेदनले पनि यही कुरा दोहोर्‍याए अचम्म नमाने हुन्छ । धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरी भन्छन्, ‘यसमा के कस्तो व्यवस्था गर्ने भन्ने सम्बन्धमा आवश्यक छलफल भइरहेको छ । साथै, ऐन पनि परिमार्जन गर्ने तयारी भएको छ । त्यसपछि यस सम्बन्धमा आवश्यक निर्णय गर्नेछौं ।’ बीमा कम्पनीहरूमा यस विषयमा ‘बीमा प्रडक्ट’ नहुँदा कार्यान्वयनमा ल्याउन चुनौती भएको गिरीको भनाइ छ भने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल माग भएको अवस्थामा आवश्यक बीमा प्रडक्ट तयार गर्न सकिने बताउँछन् । उक्त ऐनको दफा ५ मा बोर्डले धितोपत्र व्यवसायीको कार्य तथा क्षमताको आधारमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ । बोर्डले यस सम्बन्धमा पनि कार्यविधि तयार गर्न सकेको छैन । गिरी भन्छन्, ‘हामी आफैले इजाजतपत्र दिएको ब्रोकरलाई वर्गीकरण गर्दा न्यायोचित नहुने देखियो । साथै, केही प्राविधिक समस्या पनि भएकाले यो व्यवस्था कार्यान्वयनमा ल्याउन समस्या भएको हो ।’ यस विषयमा पनि ऐन संशोधन गरेर नयाँ व्यवस्था गर्न सकिने उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)