ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किचकिचे हाकीमबाट सावधान !

Nov 11, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

तनावपूर्ण वातावरणमा काम गर्न कसलाई पो मन लाग्छ र ? अझ त्यसमाथि हाकीम किचकिचे पर्‍यो भने त काम गर्ने जाँगर त्यसै हराएर जान्छ । अमेरिकास्थित ओहायो विश्वविद्यालयका वैज्ञानिकहरुले हालै गरेको एक नयाँ अध्ययनमा भने किचकिचे हाकीमका कारण कर्मचारीको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै उनीहरुको रोगसँग लड्ने क्षमतामा पनि ह्रास आउने तथ्य भेटिएको छ । व्यक्तिको प्रतिरक्षा प्रणालीमा भएको जीनको गतिविधिलाई रगतको कोषिकामा पुग्नुभन्दा पहिले नै तनावले परिवर्तन गर्ने अध्ययनमा पाइएको छ । यस परिवर्तनसँगै कोषिकाहरु हुँदै नभएका सङ्क्रमणसँग लड्न सक्रिय हुने र यसले अनेक स्वास्थ्यसम्बन्धी समस्या निम्त्याउने बताइएको छ ।

पटकपटक दोहोरिइरहने तनावले मानिसमा नयाँ रगत कोषिका बन्ने पाइएको छ । यो प्रक्रिया अस्तित्वका लागि जरूरी भए पनि लामो अवधिसम्म यस्तो प्रक्रिया चलिरहँदा यसले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ । यसबाट मानिसमा शरीर सुन्निनेलगायतका समस्या देखिने गरेको बताइएको छ । यस प्रकारको तनावले बोनम्यारोबाट निस्किनुभन्दा अघि नै प्रतिरक्षा प्रणालीमा रहेको जीनको सक्रियता तथा अभिव्यक्तिलाई परिवर्तन गराउने तथ्य जनावरहरुमाथि गरिएको परीक्षणले समेत देखाएको छ । यस किसिमको तनावले प्रतिरक्षा प्रणालीमा पूर्ण असर पुर्‍याउने पाइएको छ ।

यसबाट मानिसको शरीर सुन्याउने जीन सामान्यभन्दा बढी हुने र सुन्निनबाट बचाउने जीन कम हुनेजस्ता समस्या निम्तिने वैज्ञानिकहरुको दाबी छ । वैज्ञानिकहरुले मुसामाथि गरिएको परीक्षणमा समेत यस्तै तथ्य पत्ता लगाएका थिए । अध्ययनकै क्रममा अनुसन्धाताहरुले खराब सामाजिक आर्थिक परिस्थितिमा बस्ने मानिसबाट लिइएको रगतको नमूनासमेत परीक्षण गरेका थिए । परीक्षणका क्रममा त्यस्तो रगतमा प्रतिरक्षा प्रणाली खराब रहेको पाइएको थियो । ‘मुसा र खराब सामाजिक आर्थिक परिस्थितिमा बस्ने मानिसको रक्तकोषले तनावसम्बन्धमा समान खालको प्रतिक्रिया जनाएका छन्,’ प्रतिवेदनका सह–लेखक जोन सेरिडानले भने । लामो समयसम्म किचकिचे मालिकसँग काम गर्दा कर्मचारीको मानसिक स्थितिमा नकारात्मक असर पर्नुका साथै यसले प्रतिरक्षा प्रणालीमा पनि असर गर्ने अध्ययनको सुझाव छ । यो अध्ययनको प्रतिवेदन ‘प्रोसिडिङ्गस अफ द नेशनल एकेडेमी अफ साइन्सेस’को पछिल्लो अङ्कमा प्रकाशित गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)