ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डिजाइनरमाथि मुद्दा !

Nov 12, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

सुन्दर हुन कसलाई पो मन पर्दैन र ? त्यसमाथि महिलामा त झन् को राम्रो भन्ने होडबाजी नै चल्छ । सुन्दर हुन आकर्षक शरीरको पनि आवश्यक पर्छ र सबैलाई आफ्नो शरीर आकर्षक होस् भन्ने चाहना हुन्छ । फेशन जगत्मा पनि आकर्षक जीउडाल भएका महिलाले नै बढी प्राथमिकता पाउने गरेका छन् । पछिल्लो समय फ्रान्समा भएको एउटा घटनाले भने विश्वमा हलचल नै ल्याएको छ । जर्मन डिजाइनर कार्ल लेजरफिल्डले मोटी महिलामाथि गरेको एक टिप्पणीका कारण मुद्दा खेपिरहेका छन् । मोटा महिलाको हक र अधिकारका बारेमा सङ्घर्ष गर्ने एक फ्रान्सेली संस्थाले कार्लविरूद्ध मुद्दा दायर गरेका छन् । कार्लले केही समयअघि कसैले पनि मोटी मोडलले क्याटवाक गरेको हेर्न नचाहने टिप्पणी गरेका थिए ।

सन् २०१२ मा स्थापित फ्रान्सेली महिलाको समूह ‘प्रिटी, कर्भी, सेक्सी एण्ड फाइन इट विथ’ नामक संस्थाले कार्लविरूद्ध मुद्दा दायर गरेको हो । सुडौल शरीर भएका महिलामाथि अपमानजनक र भेदभावपूर्ण व्यवहार भएको भन्दै सेण्ट्सको पश्चिमी शहरमा रहेको अधिवक्ताको कार्यालयमा केस फाइल गरिएको संस्थाका अध्यक्ष बेट्टी अव्रियरले बताएकी छिन् । दशकअघि करीब ४२ किलो तौल घटाएपछि त्यसबारेमा पुस्तक पनि लेखेका कार्लले त्यसयता अधिक मोटा मानिसमाथि आलोचना तथा दुब्लापातला मानिसलाई सराहना गर्दै आएका छन् । ‘कसैले पनि मोटी महिलाले क्याटवाक गरेको हेर्न चाहँदैनन्,’ पछिल्लो समय प्रकाशित भएको कार्लको ‘द वल्र्ड एर्कोडिङ टु कार्ल’ नामक पुस्तकमा छापिएको चर्चित उद्धरणमध्ये एक हो । उनले यो उद्धरण पछिल्लो समय टेलिभिनजनमार्फत पनि दोहोर्‍याएका थिए ।

त्यस्तै, उनले फ्रान्सको स्वास्थ्य प्रणाली सङ्घर्षरत रहनुमा अधिक मोटा मानिसमा थुप्रिएको सबै प्रकारका बिमारी कारक रहेको औंल्याएका थिए । ‘मोटी महिलाहरु टेलिभिजन अगाडि बसेर दुब्ला मोडलहरुलाई घृणाको नजरले हेर्ने गर्छन्,’ उनको भनाइलाई उद्धृत गर्दै किताबमा छापिएको छ । यसैक्रममा उनले एकपटक गायिका एडेललाई ‘मोटी’ भन्दा उनी विवादमा तानिएका थिए । त्यस्तै, उनलाई अस्वस्थ तथा दुब्लापातला मोडललाई रोजगारी दिने आरोप पनि लाग्ने गरेको छ । चर्चित व्यक्तित्वहरु यस्ता प्रकारका अपमानजनक स्थितिबाट बाहिर आउनु जरूरी रहेको अव्रियरले बताइन् । ‘हामी यस्ता कुराबाट खुशी छैनौं र अधिकांश युवतीले यस्ता टिप्पणीबाट असुरक्षित महसूस गर्ने गरेका छन्,’ उनले भनिन् ।

कार्लले आज महिलाको अपमान गरेको र भोलि अरु कसैले गर्ने सम्भावना औंल्याउँदै अव्रियरले सुडौल महिलाको विरूद्धमा हुने भेदभाव अन्त्य गर्ने कानूनको मागसमेत गरेकी छिन् । मोटी महिलाहरु प्रायःजसो आफ्नो सहपाठीबाट पनि पीडित हुने हुँदा उनीहरुले आफ्नो स्कूलसमेत छाड्ने गरेको पाइएको छ । त्यस्तै, अव्रियरले मोटो हुनुमा खानपानको भन्दा पनि रोग तथा तथा वंशाणु मुख्य कारक रहेको कुरा बुझाउन स्कूलमा जनचेतना अभियानको थालनी गर्नुपर्नेमा जोड दिएकी छिन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)