ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारको नीति तथा कार्यक्रम : अति महत्वाकांक्षी, बजेटमा सबै नपर्ने आशंका

May 5, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विजय दमासे
काठमाडौं  । आगामी ४ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर प्राप्त गर्ने लक्ष्य सहित राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार संघीय संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम अति महŒवाकांक्षी देखिएको छ । राष्ट्रपति मार्पmत घोषणा गरिएका सबै कार्यक्रम साढे ३ हप्तापछि आउने सरकारको बजेटमा समावेश हुनेमा जानकारहरूले आशंका व्यक्त गरेका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले पुरानै ढर्राबाट महŒवाकांक्षी एवम् अमूर्त कार्यक्रमहरू ल्याइएको टिप्पणी गर्दै तिनलाई बजेट व्यवस्थापन गरी कार्यान्वयनमा लैजान निकै चुनौतीपूर्ण रहेको बताए । आर्थिक अभियानसँग उनले भने, ‘तत्कालीन समस्या भनेको शिक्षा, स्वास्थ्य, रोजगार हो, तर त्यसलाई सरकारी कार्यक्रमले ठोस रूपमा समेटेको देखिँदैन ।’ क्षेत्रीका अनुसार सरकारले धेरै कार्यक्रम दोहो¥याएको छ । २ वर्षमा नेपाल साक्षर मुलुक बन्ने कार्यक्रम पञ्चायतदेखि हल्ला गरिँदै आएको र आयुर्वेद विश्वविद्यालयलाई गतवर्षको बजेटमै १० करोड रुपैयाँ विनियोजन गरिएको स्मरण गराउँदै योगदानमा आधारित सामाजिक सुरक्षा योजना जस्ता कार्यक्रमलाई सरकारले दोहो¥याउनु असान्दर्भिक रहेको उनले बताए । पूर्वगभर्नर समेत रहेका क्षेत्रीले भने, ‘भावनामा बगेर विकास हुँदैन, ठोस कार्यक्रम सरकारले ल्याउनुपथ्र्यो, आखिर चुक्यो ।’ संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा निजगढ अन्तरराष्ट्रिय विमानस्थलदेखि पूर्व–पश्चिम रेलमार्गको निर्माणसम्मका विषय समेटिएका छन् । तिनको कार्यान्वयन हुनेमा पूर्वसचिव एवम् पूर्वाधारविद् किशोर थापा पनि विश्वस्त छैनन् । उनले भने, ‘सबै कार्यक्रम उत्कृष्ट छन् तर बजेटमा समावेश भएर कार्यान्वयन हुनेमा म विश्वस्त छैन ।’ उनले यसअघिका सरकारहरूले नीति तथा कार्यक्रम मार्पmत धेरै ठूला कार्यक्रम घोषणा गरे पनि बजेटमा नै नराख्ने गरेको बताए । यो तरीका आगामी आर्थिक वर्षको बजेटमा दोहोरिने खतरा रहेको उनको भनाइ छ । थापाले भने, ‘ठूला कार्यक्रम सरकारले बजेटमै नै ल्याएको पनि देखियो । तर, कार्यान्वयन पक्ष अति फितलो हुँदा जनताले परिवर्तन महसूस गर्न पाएका छैनन्, फेरि त्यही प्रवृत्ति नदोहोरिएला भन्न सकिँदैन ।’ अर्थविद् डा. डिल्लीराज खनाल भने सरकारले साँच्चै नै उत्कृष्ट कार्यक्रम ल्याएको बताउँछन् । ‘सरकारले सबै क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम ल्याएको छ, यो राम्रो पक्ष हो ।’ अधिकांश कार्यक्रम बजेटमा समावेश गर्नुपर्ने र सही रूपमा कार्यान्वयन हुनुपर्नेमा खनालको जोड छ । नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले सरकारका कार्यक्रमबाट निजीक्षेत्र उत्साहित रहे पनि बजेटमा सबै कार्यक्रम उल्लेख भएर कार्यान्वयनमा जानेमा आपूmहरू विश्वस्त नरहेको बताए । उनले भने, ‘नीति तथा कार्यक्रम कर्णप्रिय लाग्यो, बजेटबाट कार्यान्वयनमा जानेमा सरकारले आश्वस्त पार्न सकेन ।’ राजनीतिक दलका नेताहरूले पनि सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेपाली कांग्रेसका नेता पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई अपरिष्कृत निबन्धको संज्ञा दिए । उनले भने, ‘नीति तथा कार्यक्रम भनेको त आगामी १ वर्षका लागि हो, तर सरकारले धेरै महŒवाकांक्षी योजना तथा कार्यक्रम ल्याएको छ, जसको सम्भाव्यता अध्ययन गर्नै वर्षौं लाग्छ ।’ सरकारले आप्mनो चरित्र सुहाउँदो नीति तथा कार्यक्रम ल्याएको उनको टिप्पणी छ । उनले भने, ‘यो सरकार कामभन्दा प्रचारमुखी छ । यसले ल्याएको नीति तथा कार्यक्रममा धेरै प्रोपोगान्डा छन् ।’ नेपाली कांग्रेसका नेता गगन थापाले अभियानलाई प्रतिक्रिया दिँदै भने, ‘वास्तविक समस्या नबुझी कर्मकाण्ड पूरा गर्न सरकारले महŒवाकांक्षी कार्यक्रम ल्याएर जनतामाथि घात ग¥यो ।’ तर, नेकपाका नेता योगेश भट्टराई सरकारको बचाउ गर्दै सरकारले वास्तविक जनताको समस्या बुझेरै कार्यक्रमहरू ल्याएको बताए । उनले भने, ‘चुनावी प्रतिज्ञालाई समेत कार्यक्रममा समेटिएको छ, बजेटबाटै कार्यान्वयनमा लगिनेछ ।’ राप्रपा नेपालका अध्यक्ष कमल थापाले नीति तथा कार्यक्रम आत्मप्रशंसा र उग्र महŒवाकांक्षाले भरिएको बताए । उनले भने, ‘जनतामा आशा र विश्वास सृजना गर्न सरकार चुक्यो ।’ रोजगारी सृजना, भ्रष्टाचार नियन्त्रण र सुशासनबारे सरकारको प्रतिबद्धता भरपर्दो छैन । २ तिहाइको सरकारले ल्याएको दोस्रो नीति कार्यक्रम पनि परम्पराको निर्वाह हो ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)