ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘हिल स्टेशन’मा लगानी गर्न निजीक्षेत्र इच्छुक

May 6, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
हिमा वि.क काठमाडौं । पहाडी भेगका अनेकौं स्थानलाई ‘हिल स्टेशन’का रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ । तर, त्यसबारे स्पष्ट मापदण्ड नतोकिएको र आवश्यक पूर्वाधार विकास नभएकाले यसतर्फ प्याकेजमा लगानी आकर्षित हुन सकेको छैन । नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष सीएन पाण्डेका अनुसार उक्त संस्थाले ‘हिल स्टेशन’हरूको विकासका लागि लामो समयदेखि पहल गरिरहेको छ । यसका निम्ति नीतिगत व्यवस्थाका साथै पूर्वाधार, स्पष्ट मापदण्ड, लगानीको दायरा लगायत विषयमा सरकारले ठोस पहल गर्न आवश्यक छ । ‘निजीक्षेत्र हिल स्टेशनको विकासमा लगानी गर्न इच्छुक छ,’ पाण्डेले भने,‘पर्यटन व्यवसायी तथा स्थानीय निकायले आफ्नै पहलमा केही हिल स्टेशनको प्रवर्द्धन गरेका पनि छन् ।’ हिल स्टेशनका लागि सरकारले नीतिनियम र सही व्यवस्थापन प्रणालीको विकास गर्नुपर्ने प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुनील शाक्य बताउँछन् । भन्छन्, ‘कुनै पनि पहाडलाई आकर्षक गन्तव्यका रूपमा हिल स्टेशन बनाउन सकिन्छ । तर, यसको पहिलो शर्त भनेको सडक, बिजुली, इन्टरनेट जस्ता पूर्वाधार सहज हुनु हो ।’ अब सातओटै प्रदेशले कम्तीमा १०–१० ओटा हिल स्टेशन छनोट गरी तिनको विकास र प्रवर्द्धनमा सघाउन जरुरी भएको शाक्य बताउँछन् । ५०–५० मीटरमा फरक भौगोलिक तथा मौसमी अनुभव हुने नेपालका असंख्य ठाउँमा यस्ता स्टेशन बनाएर पर्यटनको प्रमुख प्रडक्ट बनाउन सकिने उनको तर्क छ । नयाँ–नयाँ पर्यटकीय प्रडक्ट ल्याउने र तिनको बजारीकरण गर्ने काम नेपाल पर्यटन बोर्डको हो । तर, बोर्डले हिल स्टेशनको विकास तथा प्रवर्द्धनको आवश्यकता देखेको छैन । बोर्डका एक अधिकारी भन्छन्, ‘नेपालका सबै पहाडी भेग ‘हिल स्टेशन’ का सम्भावित गन्तव्य हुन्, अहिले कुनै ठाउँविशेषलाई छुट्टै हिल स्टेशन भनेर प्रचारप्रसार गर्न जरुरी देखिएको छैन । निजीक्षेत्रको माग भएमा यस विषयमा नीतिगत व्यवस्था भने गर्न सकिन्छ ।’ बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरका अनुसार नेपालमा पर्यटनलाई प्राकृतिक, सांस्कृतिक र साहसिक गरी तीनओटा वर्गीकरण गरिएको छ । पर्यटकीय गन्तव्यको रूपमा रहेका तथा होटल, रेस्टुराँ, आवास, सडक, नेटवर्कको पहुँच जस्ता पर्यटकीय पूर्वाधार भएका स्थानलाई मात्रै हिल स्टेशन बनाउन र मान्न सकिने उनको भनाइ छ । श्रीअन्तु, नगरकोट, धुलिखेल, ककनी, दामन, तानसेन, सराङकोट, श्रीनगर, गोरखा अहिलेका चर्चित हिल स्टेशन हुन् । तर, सरकारले हिल स्टेशन नै भनी तिनको नामावली वा कुनै तथ्यांक आजसम्म संकलन गरेको छैन । हिल स्टेशन नभने पनि श्रीअन्तु, तेह्रथुमको वसन्तपुर, पाल्पा, रारा र खप्तडलाई यसैको ढाँचामा बोर्डले प्रचारप्रचार गरेको छ । पशुपतिनगर र भेडेटार पनि गर्मीको मौसममा भारतीय पर्यटकको रोजाइका हिल स्टेशनमा पर्छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)