ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिमरा सेजमा गार्मेन्ट उद्योग स्थापनाको प्रस्ताव माग

May 7, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । सेज प्राधिकरणले बारामा निर्माणाधीन सिमरा विशेष आर्थिक क्षेत्रमा गार्मेन्ट उद्योग स्थापनाका लागि प्रस्ताव आ≈वान गरेको छ । उद्योगको पूर्वाधार निर्माणमा सरकारले रू. २५० करोड विनियोजन गरेको थियो । रू. २ अर्बभन्दा बढीको खर्चमा पूर्वाधार निर्माणको धेरै काम सकिएको प्राधिकरणले जानकारी दिएको छ । बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाको ४, १४ र १५ गरी तीनओटा वडाको ८३३ बिगाहामा ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘ई’ गरी पाँचओटा ब्लकमा विशेष आर्थिक क्षेत्र निर्माण गर्ने सरकारको योजना छ । त्यसमध्ये ४४३ बिगाहा ओगटेको ‘ए’ ब्लकको १६५ बिगाहामा गार्मेन्ट उद्योग सञ्चालन गर्ने योजना छ । वैशाख १९ मा उद्योग स्थापनाका लागि सार्वजनिक प्रस्ताव आ≈वान गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. चण्डिका भट्टले जानकारी दिए । प्रस्ताव पेश गर्ने अवधि जेठ १७ सम्म तोकिएको छ । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत उक्त विशेष आर्थिक क्षेत्रमा पहिलो चरणमा जीतपुर–सिमरा–४ स्थित ‘ब्लक ए’भित्र ६८ ओटा प्लट निर्माण गरिएको छ । सडक, प्रशासनिक भवन, सेवा केन्द्र र पोलिक्लिनिक भवन एकसाथ निर्माणाधीन रहेको प्राधिकरणका इन्जिनीयर अर्जुन पाण्डेले जानकारी दिए । भवन निर्माण लगायत काम ५ महीनाभित्रै सकिने र उक्त अवधिसम्ममा उद्योगहरूले प्लट लिन सक्ने भएकाले सिमरा सेज छिट्टै सञ्चालनमा आउन सक्ने उनको भनाइ छ । ‘बी’ र ‘सी’ ब्लकमा आईएफसीसँग सम्झौता प्राधिकरणका उपसचिव सुन्दर थापाका अनुसार ‘बी’ र ‘सी’ ब्लकमा सार्वजनिक निजी साझेदारी मोडलमा काम गर्न विश्व बैंक समूहको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी)सँग प्राधिकरणको सम्झौता भएको छ । सरकारले गत चैत १५ र १६ मा काठमाडौंमा आयोजना गरेको लगानी सम्मेलनमा आईएफसीले ती दुई ब्लकमा लगानी गर्ने रुचि देखाएको थियो । उपसचिव थापाका अनुसार आईएफसीले अहिले स्थलगत अध्ययनपछि रिपोर्ट तयार गरिरहेको छ । सिमरा सेजको निर्माण आर्थिक वर्ष २०६४/६५ मा शुरू भएको थियो । वीरगञ्ज चिनी कारखानाको उखु खेतीका लागि प्रयोगमा रहेको सिमरा र डुमरवानाको ८३३ बिघा उक्त कारखानाको खारेजीपछि सरकारी स्वामिŒवमा आएको थियो । सोही जग्गामा सेज निर्माणाधीन छ । व्यापारघाटा कम गर्न विदेशी लगानी भिœयाउँदै निर्यातजन्य उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यका साथ सरकारले विशेष आर्थिक क्षेत्र स्थापनालाई प्राथमिकतामा राखेको छ । त्यसका लागि गठित सेज प्राधिकरणले हरेक प्रदेशमा कम्तीमा एउटा सेज स्थापना गर्ने योजना बनाएको छ । प्रदेश–१ का विराटनगर र दमक, प्रदेश–२ को सिमरा, प्रदेश–३ को पाँचखाल (काभ्रे), गण्डकी प्रदेशको गोरखा, प्रदेश–५ का भैरहवा (रूपन्देही) र बाँके, कर्णाली प्रदेशको जुम्ला र सुदूरपश्चिमको धनगढीमा सेज स्थापना गर्ने योजना छ । पाइलट परियोजनाका रूपमा रहेको भैरहवा सेजमा अहिले २२ ओटा उद्योगले प्राधिकरणसँग सम्झौता गरी पूर्वाधार निर्माण तथा सञ्चालनको तयारी गरिरहेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)