ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘आइस होटल’मा फायर अलार्म !

Nov 18, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

ठूला ठूला होटल, व्यापारिक भवन तथा व्यक्तिविशेषका घरमा सुरक्षाका लागि फायर अलार्म राख्ने गरिन्छ । फायर अलार्मले अकस्मिक आगलागीको सङ्केत दिन्छ । सुरक्षाका दृष्टिले यो एकदमै उपयोगी उपकरण हो । तर, सुन्दा आश्चर्य लाग्न सक्छ, स्वीडेनमा भने यसको प्रयोग भिन्न रुपमा हुने भएको छ । हरेक वर्ष जाडो महीनामा केवल बरफमात्र प्रयोग गरेर बनाइने होटलमा यो वर्ष फायर अलार्म लगाइँदैछ ।

उत्तरी स्वीडेनस्थित जुकासजर्भीको सानो आर्कटिक शहरमा रहेको लोकप्रिय होटलले यस्तो गर्न लागेको हो । स्थानीय अधिकारीले होटलमा आएका पाहुनाको सुरक्षा सुनिश्चित गर्न गरेको अनुरोधको कदर गर्दै होटलमा यस्तो व्यवस्था गर्न लागिएको बताएको छ । ‘यो सुनेर हामीलाई पहिला त केही अचम्म लागेको थियो, तर आइस होटलमा पनि तकिया, स्लिपिङ ब्याग तथा मृगको छालालगायतका आगोले छिट्टै समात्ने वस्तु हुने भएकाले यो सही निर्णय हो,’ उक्त होटलका प्रवक्ता वियट्रिस कालसोनले भनेकी छिन् । ‘हाम्रालागि पाहुनाको सुरक्षा बढी महत्वपूर्ण भएकाले हामी यसको पालना गर्ने र्छौं,’ उनको कथन थियो ।

डिसेम्बर ६ देखि अप्रिल १३ सम्म खुल्ने यस होटलमा सिङ्गल कोठाको मूल्य १ हजार ९ सय स्वीडिस क्रोनर (२ सय ८५ डलर) र विशेष कोठाको ७ हजार ५ सय स्वीडिस क्रोनर निर्धारण गरिएको छ । माइनस ८ डिग्री सेल्सियस तापक्रम रहने यस होटलको आइस बेडमा सुत्न दुनियाँभरका पर्यटकको ओइरो लाग्ने गर्छ । फायर अलार्मलाई गत वर्षको जाडोमा स्थानीय अग्नि विभागको सहकार्यमा परीक्षण गरिएको थियो । यो वर्ष जडान गरिएको फायर अलार्म बढी शक्तिशाली भएको र जडानमा कठिनाइको सामना गरेको बताइएको छ । होटल क्षेत्रको वातावरण चिसो हुनुका साथै चारैतिर बरफ र हिउँ भएकाले बढी सावधानी अपनाउनु परेको कालर्सनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)