ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अलैंची खेती कर्जामा आकर्षण बढ्दो

May 9, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । धेरै दुःख गर्नु नपर्ने र राम्रो आम्दानी हुने अलैंची खेतीप्रति किसानको आकर्षण बढ्दै गएपछि यस क्षेत्रमा ऋण लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरू आकर्षित हुन थालेका छन् । पहाडी इलाकामा प्रतिहेक्टर ६ क्विन्टलसम्म अलैंची उत्पादन हुने र भाउ पाउँदा त्यसबाट रू. ११ लाखसम्म आम्दानी हुने गरेको छ । बितेको २२ वर्षमा अलैंची खेतीमा रू. २५ करोड लगानी गरेका ८७५ जना किसानलाई साना किसान विकास लघुवित्त वित्तीय संस्थाले मात्र रू. १८ करोड ऋण प्रवाह गरेको छ । आर्थिक वर्ष (आव) २०५३/५४ देखि इलामबाट अलैंची खेतीमा कर्जा दिन थालेको उक्त संस्थाले सात वर्षयता दोलखा र रामेछापमा पनि कर्जा प्रवाह गरिरहेको छ । संस्थाका मुख्य प्रबन्धक कृष्णप्रसाद लामिछानेका अनुसार १८ करोडमध्ये १५ करोडरुपैयाँभन्दा बढी ऋण उठिसकेको छ । वाणिज्य बैंकहरूबाट १२/१३ प्रतिशत ब्याजदरमा कर्जा लिएर त्यसमा ३ प्रतिशत मार्जिन थपी कर्जा दिने गरेको उनले बताए । अलैंची खेतीका लागि अर्को संस्था साना किसान कृषि सहकारी संस्थाले पनि उक्त जिल्लाहरूमै ऋण लगानी गर्दै आएको छ । विभिन्न वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले समेत कृषि शीर्षक अन्तर्गत यसमा कर्जा प्रवाह गरेका छन् । तर, अलैंची खेतीका लागि दिइएको कर्जाको अलग्गै तथ्यांक राखेका छैनन् । कृषि विकास बैंकले प्रदेश–१ र धादिङ लगायत केही जिल्लामा यस्तो कर्जा प्रवाह गरेको बैंकका प्रवक्ता हेमलाल पौडेलले जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)