ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२ पटक विज्ञापन गर्दा पनि आएनन् पर्याप्त बीमांकी

May 10, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । बीमा कम्पनीको लेखा परीक्षण गर्न नभई नहुने बीमांकीका लागि दुई पटक अन्तरराष्ट्रिय विज्ञापन गर्दा पनि आवश्यक मात्रामा आवेदन नआएपछि बीमा समितिले तेस्रो पटक विज्ञापन गर्ने तयारी गरेको छ । नेपालमा बीमांकीको अभाव छ । बीमा कम्पनीहरूले भारत लगायत विभिन्न मुुलुकबाट बीमांकी मगाएर काम चलाउने गरेका छन् । कहिले को आउँछ, कहिले को । नेपालमा काम लगाइने बीमांकीको आधिकारिक रोस्टर (सूची) बनाउन भनेर बीमा समितिले यस वर्ष अन्तरराष्ट्रिय रूपमै आवेदन माग गर्‍यो । तर, दुई पटक आवेदन माग्दा पनि जम्माजम्मी १७ जनाले मात्र आवेदन दिएका छन् । तीमध्ये प्रेक्षा माथेमा एक जना मात्र नेपाली छिन् । सबैलाई रोस्टरमा राख्दा पनि एक तिहाइ बीमा कम्पनीको लेखापरीक्षण हुन नसक्ने भएको छ । अरू कम्पनीमा जस्तै चार्टर्ड एकाउन्टेन्टले लेखापरीक्षण गरेर मात्र बीमा कम्पनीलाई पुग्दैन । बीमांकीले पनि थप लेखापरीक्षण गर्नुपर्छ, जसलाई ‘एक्चुरियल’ मूल्यांकन भनिन्छ । बीमांकीले बीमा व्यवसायको दायित्व परीक्षण गर्छन् । विगत र वर्तमानको तथ्यांक विश्लेषण गरेर जोखिम मूल्यांकन गर्छन् । नयाँ बीमा योजना बनाउने काम पनि गर्छन् । जीवन बीमामा उमेर अनुसार व्यक्तिको बीमाशुल्क निर्धारण गर्छन् । समितिले पहिलो पटक माघ १४ मा ४५ दिने सूचना जारी गरेको थियो । त्यसबेला १७ जनाको आवेदन पर्‍यो । दोस्रो पटक चैत १३ मा एकमहीने सूचना जारी गर्‍यो । त्यसमा एक जनाले पनि आवेदन दिएनन् । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल भन्छन्, ‘आवेदनको यो संख्या अपर्याप्त छ, हामी फेरि आवेदन माग्ने तयारीमा छौं ।’ हाल नेपालमा १९ जीवन र २० निर्जीवन गरी ३९ बीमा कम्पनी सञ्चालित छन् । बीमा ऐन, २०४९ अनुसार जीवन बीमा कम्पनीले ३/३ वर्षमा बीमांकीय मूल्यांकनसहितको लेखापरीक्षण गराउनुपर्छ । आर्थिक वर्ष २०७४/७५ देखि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड प्रणाली लागू भएकाले निर्जीवन बीमा कम्पनीले पनि बीमांकीय मूल्यांकन गराउनुपर्ने भएको छ । एकजना बीमांकीले एकै प्रकृतिको एकभन्दा बढी कम्पनीको एउटै वर्षको बीमांकीय विश्लेषण गर्न पाउँदैन । हाल तीन जनाले निर्जीवन बीमाको मात्र, पाँच जनाले जीवन बीमाको मात्र र नौ जनाले दुवैखाले बीमा कम्पनीको बीमांकीय मूल्यांकन गर्ने भनी आवेदन दिएका छन् । यस अनुसार उक्त १७ जनाले २६ बीमा कम्पनीको मात्र मूल्यांकन गर्न सक्छन् । बाँकी १३ बीमा कम्पनीका लागि थप बीमांकी चाहिन्छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)