ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कामबाट धेरै छुट्टी लिन चाहनेमा फ्रान्सेली अगाडि !

Nov 20, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

कामबाट छुट्टी लिन पाउनु सबैको आवश्यकता हो । तर, सबैभन्दा बढी छुट्टी लिने कर्मचारी कहाँका होलान् ? हालैको एक सर्वेक्षणले देखाएअनुसार छुट्टी धेरै लिनेमा फ्रान्सेली सबैभन्दा अगाडि रहेको र दक्षिण कोरिया तथा जापानका मानिसहरुले भने कामबाट कमै मात्र आराम गर्ने पाइएको छ । एक्सपिडियाले वार्षिक रुपमा गर्ने ‘भ्याकेशन डिप्रिभेशन स्टडी’को १३औं संस्करणको सर्वेक्षणमा यस्तो पाइएको हो । उक्त सर्वेक्षण २४ राष्ट्रका ८ हजार ५ सय ३५ वयष्क कर्मचारीको आफ्नो व्यक्तिगत जीवन र कामबीचको सन्तुलनका आधारमा तयार गरिएको हो ।

विश्वका ‘सबैभन्दा खुशी र सु–समायोजित कर्मचारी’को उपाधि नर्वेका मानिसले पाएका छन् । सर्वेक्षणमा सहभागी नर्वेका प्रायः मानिसले आफूहरु कामप्रति धेरै नै सन्तुष्ट भएको अभिव्यक्ति दिएका थिए । नर्वेका करीब १७ प्रतिशत उत्तरदाताहरुले मात्र आफूलाई थप छुट्टी चाहिएको अभिव्यक्ति दिएका थिए । त्यस्तै, थप छुट्टी चाहिने अभिव्यक्ति दिनेमा मेक्सिको, डेनमार्क र स्वीडेनका सहभागी पनि रहेका थिए । यी राष्ट्रका क्रमशः ३८ प्रतिशत, ३९ प्रतिशत र ४४ प्रतिशतले आफूहरुलाई कामबाट छुट्टी चाहिएको बताएका थिए । विश्वमा सबैभन्दा बढी छुट्टी दिने राष्ट्रको सूचीमा सबैभन्दा अगाडि रहेको फ्रान्स पनि छुट्टीनिषेधित क्षेत्रका रुपमा स्थापित भएको छ । त्यहाँ वर्षको ३० दिन कर्मचारीलाई छुट्टी दिइने गरिएको छ । यद्यपि, ९० प्रतिशत उत्तरदाताले आफू छुट्टी वञ्चित क्षेत्रको बासिन्दा भएको बताएका थिए । सर्वेक्षणमा सहभागी राष्ट्रमध्ये यो सबैभन्दा बढी रहेको छ । (स्मरण रहोस्, यस सर्वेक्षणमा नेपाल भने समावेश भएको थिएन ।)

यस प्रकारको प्रमुख विसङ्गतिका कारण के होला त ? फ्रान्सेलीहरुले सबैभन्दा बढी छुट्टी लिन पाउने भए पनि उनीहरु कामबाट प्राविधिक रुपमा भने टाढा नरहने सर्वेक्षणमा पाइएको छ । उत्तरदातामध्ये करीब ९३ प्रतिशतले आफूहरुले छुट्टीको समयमा पनि लगातार र कहिलेकाहीं आफ्नो कामसम्बन्धी इमेल तथा भ्वाइस मेल चेक गर्ने गरेको बताएका थिए । त्यस्तै, ८३ प्रतिशत इटलीका कर्मचारीले पनि आफूलाई थप छुट्टी चाहिएको बताएका थिए । त्यस्तै, यस्तो अभिव्यक्ति दिनेमा स्पेन र जर्मनीका क्रमशः ७८ प्रतिशत र ७४ प्रतिशत उत्तरदाता रहेका थिए । यद्यपि, यूरोपेलीहरुले अन्य क्षेत्रको तुलनामा बढी मात्रामा छुट्टी पाउने गरेको सर्वेक्षणमा पाइएको छ । उता, जापानमा वर्षको १८ दिन छुट्टीका लागि छुट्ट्याएको भए पनि उनीहरु ७ दिनमात्र बिदामा बस्ने गरेको बताइन्छ । त्यस्तै, दक्षिण कोरियालीले पनि ७ दिन मात्र छुट्टी लिने गरेका छन् । त्यस्तै, कम छुट्टी लिनेमा अमेरिकीहरु पनि रहेका छन् । उनीहरुले वर्षको १० दिनमात्र छुट्टी लिने गरेको सर्वेक्षणमा पाइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)