ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माछा बीमालेखको नयाँ खाका तयार : जलाशय २ सय वर्गमिटर र गहिराइ ४ फीट

May 14, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । माछापालनको बीमा गर्न अब जलाशय न्यूनतम २ सय वर्गमिटर र गहिराइ चार फीट हुनुपर्ने भएको छ । यसअघि न्यूनतम २ सय वर्गमिटर क्षेत्रफल र तीन फीट गहिराइको जलाशय भए पुग्थ्यो । बीमा समितिले बिहीवार माछा बीमालेखलाई परिमार्जन गरेर नयाँ व्यवस्था गरेको हो । अब सोही मापदण्ड अनुसार माछापालनको बीमा गरिने समितिका उपनिर्देशक कुन्दन सापकोटाले बताए । उनका अनुसार यसअघि नै जारी भएको बीमालेख भने बीमा अवधिसम्म कायम रहनेछ । यस्तै, ट्राउट माछापालनको हकमा प्राविधिकको सिफारिशअनुसार निर्माण गरिएको ‘रेसवे’ हुनुपर्ने बीमालेखमा उल्लेख छ । माछा बीमालाई समयानुकूल बनाउन बीमालेख परिमार्जन गरिएको सापकोटाले बताए । नयाँ बीमालेखमा दाबी प्रक्रिया र किसानले पालना गर्ने शर्तहरूलाई विशिष्टीकृत गरिएको उनको भनाइ छ । ‘नयाँ बीमालेखले माछापालनमा हुने अधिकांश जोखिमको रक्षावरण गर्ने अपेक्षा छ,’ उनले भने । यस्तै, माछापालन शुरू गरेको ६ महीनाभित्र बाढीका कारण हुने क्षतिको ५० प्रतिशत भुक्तानी हुने भएको छ । ६ देखि ८ महीनाबीचमा हुने क्षतिको ६० प्रतिशत र ८ देखि १२ महीनाबीचमा हुने क्षतिको ८० प्रतिशत भुक्तानी हुने बीमालेखमा उल्लेख छ । त्यसबाहेक अक्सिजन वा रोगका कारण माछा मरेमा परिमाणको आधारमा क्षतिपूर्ति दिइनेछ । यस्तो छ बीमांक र बीमाशुल्कको व्यवस्था पोखरी/‘रेस वे’ (प्रतिहेक्टर), सरदर तौल (प्रतिकिलो), उत्पादन मूल्य र लागतका आधारमा माछापालनको बीमांक गणना गरिनेछ । त्यसरी निर्धारण गरिएको बीमांकको २ प्रतिशतका दरले बीमाशुल्क तोकिने व्यवस्था छ । विशेष प्रविधिको प्रयोग गरेर माछापालन गरेमा बीमाशुल्कमा १० प्रतिशत छूट हुने व्यवस्था पनि छ । पोखरी र ‘रेस वे’मा भूरा राखिएको १५ दिनभित्र बीमा गरिसक्नुपर्नेछ । बीमाको अवधि तीन महीनादेखि एकवर्ष सम्मको हुनेछ । रक्षावरण भएका जोखिमहरूबाट माछापालनमा नोक्सानी भएमा ७ दिनभित्र आवश्यक कागजपत्रसहित सम्बद्ध कम्पनीमा दाबी पेश गर्नुपर्नेछ । त्यसपछि कम्पनीले आवश्यक प्रक्रिया पुर्‍याएर ६० दिनभित्र क्षतिको ९० प्रतिशतसम्म भुुक्तानी दिनुपर्नेछ । क्षतिपूर्ति नहुने अवस्था
  • किसान वा परिवारको लापरबाहीबाट माछा मरेमा
  • माछा हराएमा वा चोरी भएमा
  • बीमा गरेको १५ दिनभित्र रोगका कारण माछा मरेमा
  • पोखरी/‘रेस वे’ सफा गर्दा माछा मरेमा
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)