ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरामा पनि ह्यांगर बनाउँदै बुद्ध एयर

May 15, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । निजीक्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयर प्रालिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा पनि ह्यांगर बनाउने भएको छ । उक्त विमानस्थलबाट अन्तरराष्ट्रिय उडान थाल्ने कम्पनीको रणनीति अनुसार ह्यांगर निर्माणको योजना अगाडि सारेको हो । जहाजहरू पार्किङ र मर्मतका लागि तयार पारिएको संरचनालाई ह्यांगर भनिन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २०६९ वैशाख ७ देखि बुद्ध एयरको ह्यांगर सञ्चालनमा छ । त्रिभुवन विमानस्थलमा यती एयरलाइन्स, नेपाली सेना र नेपाल वायुसेवा निगमका पनि आफ्नै ह्यांगर छन् । तीमध्ये बुद्ध एयरको ह्यांगर मात्र पूर्ण क्षमताको छ । अरू कम्पनीका ह्यांगर आंशिक क्षमताका मात्र हुन् । पोखराको ह्यांगर पनि पूर्ण क्षमताको रहने कम्पनीका बजार निर्देशक रूपेश जोशीले जानकारी दिए । उनका अनुसार पोखरा विमानस्थलको ह्यांगर एयरबस–३१९ विमान अट्ने क्षमताको हुनेछ । निर्माण सकिएर सञ्चालनमा आएपछि उक्त विमानस्थललाई आधार बनाएर अन्तरराष्ट्रिय उडान शुरू गर्ने कम्पनीको योजना छ । ‘सोहीअनुसारको ह्यांगर बनाउने तयारीमा छौं र त्यसका लागि जग्गाको माग गरेका छौं,’ जोशीले आर्थिक अभियानसित भने । एयरबस–३१९ विमान १६० यात्रु क्षमताको हो । अन्तरराष्ट्रिय उडानका लागि बुद्धले यसअघि नै अनुमतिपत्र पाइसकेको छ । कम्पनीले आगामी साउन १५ सम्ममा थप एउटा एटीआर–७२ भित्र्याउने भएको छ । एटीआर फ्रान्स र इटालीको संयुक्त लगानीको जहाज निर्माता कम्पनी हो । यसअघि बुद्ध एयरसँग एटीआर–४२ मोडलका तीन र एटीआर–७२ मोडलका सातओटा जहाज सञ्चालनमा छन् । त्यसबाहेक कम्पनीसँग अमेरिकाको ‘बीच एयरक्राफ्ट कर्पोरेशन’का दुईओटा बीचक्राफ्ट जहाज पनि छन् । दुवै जहाज १८ सीट क्षमताका हुन् । नयाँ जहाजसँगै कम्पनीका जहाजको संख्या १३ पुग्नेछ । भारतका थप दुई शहर कोलकाता र गुवाहाटी रूटमा उडान थप्ने भएपछि नयाँ जहाज ल्याउनुपरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले अहिले भारतको बनारसमा सातामा दुई उडान गर्दै आएको छ । काठमाडौं–कोलकाता रूटमा सोमवार, बुधवार र शुक्रवार गरी साताको तीनपटक उडान गर्ने योजना छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)