ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सगरमाथा सफाइका लागि सवा दुई करोड संकलन : १० हजार किलो फोहोर संकलन हुने अपेक्षा

May 19, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापनका लागि सवा दुई करोड रुपैयाँ संकलन भएको छ । सरकारले वैशाख १ देखि ‘सगरमाथा सरसफाइ अभियान’ शुरू गरेको थियो । त्यसक्षेत्रमा विभिन्न संघसंस्थाले बेलाबेलामा सरसफाइ गरे पनि पहिलोपटक एकीकृत रूपमा अभियान शुरू गरिएको हो । ४५ दिने अभियानमा रू. २ करोड ३२ लाख खर्च हुने पर्यटन विभागले जानकारी दिएको छ । विभागका अनुसार अभियान अन्तर्गत संकलित फोहोरलाई जेठ १३ गते सगरमाथा दिवसको अवसरमा नाम्चे बजार र जेठ १५ गते काठमाडौंमा प्रदर्शन गर्ने योजना छ । विभागका अनुसार जेठ २२ गते विश्व वातावरण दिवसको अवसरमा उक्त फोहोर पुनः प्रयोगका लागि हस्तान्तरण गरिनेछ । आधार शिविर आसपासबाट पाँच हजार किलो, साउथकोलबाट दुई हजार तथा क्याम्प–१ र २ बाट करीब तीन हजार किलो फोहोर संकलन हुने विभागले जानकारी दिएको छ । विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार पर्यटन विभाग, पर्यटन बोर्ड, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्वतारोहण संघ, नेपाली सेना र खम्बु पासाङल्हामु गाउँपालिकाको संयुक्त पहलमा सफाइ अभियान सञ्चालन गर्न लागिएको हो । यस वर्ष चीनले पनि आफ्नो क्षेत्रमा पर्ने सगरमाथाको सफाइ शुुरू गर्ने जानकारी दिएको उनले बताए । बाहिर चर्चा गरिएजस्तो सगरमाथा क्षेत्र प्रदूषित नरहेको पर्वतारोहण सञ्चालक संघ नेपालका सदस्य कृष्णकुमार अर्यालले बताए । ‘हरेक आरोहीले आठ किलोका दरले फोहोर ल्याउनुपर्छ,’ उनले भने, ‘त्यसकारण बाहिर भनिएजस्तो फोहोर छैन ।’ यो अभियानले सचेतना अभिवृद्धि हुने अर्यालले बताए । सगरमाथा क्षेत्रमा हिमताल पग्लेर आरोहीका शवहरू भेटिएको दाबी गलत भएको नेपाल पर्वतारोहण संघले बताएको छ । ‘आरोहणको समय शुरू हुन लागेको समयमा यस्ता प्रचार हुनु नेपाली हिमालबारे विश्व समुदायमा नकारात्मक सन्देश फैलाउने प्रयास हो,’ नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबहादुर लामाले भने, ‘गर्मी मौसममा केही शव देखिनु स्वाभाविक भए पनि अहिले त हिमाल सेताम्मे भएका छन् । चाहेर पनि शव भेट्न गाह्रो होला ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)