ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुध्रिन सकेन शोधनान्तर : निक्षेप वृद्धिदरभन्दा कर्जा वृद्धिदर बढी

May 20, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
  • विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २०.९% र अमेरिकी डलरमा ९.५% ले बढ्यो
  • शोधनान्तर स्थिति रू. ६४ अर्ब ६८ करोडले घाटामा
  • कुल विदेशी विनिमय सञ्चिति रू. १० अर्ब ८५ करोड
  • बैंकिङ कारोबारमा आधारित सरकारी खर्च ७.३% ले घट्यो
  • राजस्व संकलन १९.५% ले बढ्यो
  • विस्तृत मुद्राप्रदायमा ९.३% को वृद्धि
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको आर्थिक वर्ष (आव) २०७५/७६ को ९ महीनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहभन्दा निक्षेप संकलनको वृद्धिदर अझै कम छ । आव २०७५/७६ को चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १० दशमलव ६ प्रतिशतले वृद्धि हुँदा कर्जा प्रवाह १६ दशमलव ५ प्रतिशतले बढेको छ । यद्यपि, वार्षिक विन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर १९ दशमलव ८ प्रतिशत र कर्जाको वृद्धिदर २२ दशमलव १ प्रतिशत छ । गत आव २०७४/७५ को ९ महीनामा निक्षेप १० दशमलव १ र कर्जा १६ दशमलव ९ प्रतिशतले बढेको थियो । २/३ वर्षयता निक्षेपको तुलनामा कर्जा प्रवाह उच्च हुँदै आएको नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए । अर्थतन्त्र चलायमान हुन, आर्थिक क्रियाकलाप बढाउन र आर्थिक वृद्धिदरका लागि कर्जाको माग बढ्नु स्वाभाविक भएको उनको भनाइ छ । ‘पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका शाखाहरू ग्रामीण भेगसम्म पुग्दा दुर्गम क्षेत्रका बासिन्दाबाट माग आउन थालेकाले पनि कर्जा प्रवाह बढेको हो । कर्जाको मागले आर्थिक गतिविधिमा विस्तार हुनु सकारात्मक पक्ष नै हो,’ उनले भने । यी दुईबीच सन्तुलन कायम गर्न चुनौती देखिएको उनले बताए । तर, निक्षेप संकलनको तुलनामा कर्जाको वृद्धिदर बढी हुँदा चनाखो हुनुपर्ने भट्टको भनाइ छ । निर्यात नबढ्दा र आयात बढिरहँदा शोधनान्तर घाटा बढ्दो क्रममा छ । गत चैत मसान्तसम्ममा शोधनान्तर स्थिति रू. ६४ अर्ब ६८ करोडले घाटामा छ । जबकि, गत आव २०७४/७५ को सोही अवधिमा शोधनान्तर स्थिति रू. १४ अर्ब ६० करोडले घाटामा थियो । चालू आव २०७५/७६ का ९ महीनामा चालू खाता घाटा विस्तार भई रू. २ खर्ब ४ अर्ब ४३ करोड पुगेको छ । गत आव २०७४/७५ को सोही अवधिमा यस्तो घाटा रू. १ खर्ब ७२ अर्ब ६७ करोड थियो । अमेरिकी डलरमा गत आवका ९ महीनामा रू. १ अर्ब ६८ करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा रू. १ अर्ब ७९ करोड पुगेको छ । ९ महीनाको आयात धान्ने विदेशी विनिमय सञ्चिति राष्ट्र बैंकका अनुसार हाल विदेशी विनिमय सञ्चिति रू. १० खर्ब ५० अर्ब ८५ करोड छ, जुन अमेरिकी डलरमा ९ अर्ब ५२ करोड हो । यसबाट ९ महीनाको वस्तु आयात धान्ने केन्द्रीय बैंकको विश्लेषण छ । तर, वस्तु र सेवा दुवैमा आयातका लागि उक्त सञ्चितिले ७ दशमलव ९ महीना मात्र धान्ने प्रतिवेदनमा उल्लेख छ । २०७५ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति रू. ११ खर्ब २ अर्ब ५९ करोड थियो, जुन त्यति बेलाको विनिमय दर अनुसार अमेरिकी डलरमा १० अर्ब ८ करोड हुन आउँथ्यो । उपभोक्ता मुद्रास्फीति ४.४ प्रतिशत गत चैत मसान्तसम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ४ प्रतिशत छ । गत आव २०७४/७५ को सोही अवधिमा यस्तो मुद्रास्फीति ५ दशमलव ३ प्रतिशत थियो । २०७५ चैत मसान्तमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २ दशमलव ८ प्रतिशत छ । गत आवको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ४ दशमलव ७ प्रतिशत थियो । यस्तै, गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५ दशमलव ७ प्रतिशत छ । गत आवको सोही अवधिमा उक्त मुद्रास्फीति ५ दशमलव ८ प्रतिशत थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)