ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रमाइलो वातावरण भए कर्मचारीले जागीर छोड्दैनन् !

Nov 25, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

काम गर्ने वातावरणले कर्मचारीमा ठूलो प्रभाव पार्छ । काम गर्ने ठाउँमा रमाइलो गर्नाले उत्पादकत्व घट्ने र व्यवसायमा घाटा हुने आमधारणा छ । तर, हालै गरिएको एक अध्ययनमा भने रमणीय वातावरणमा काम गर्ने कर्मचारी अन्य स्थानको तुलनामा बढी समय टिक्ने पाइएको छ । अमेरिकास्थित युनिभर्सिटी अफ मेरिल्याण्ड र ओहाइयो स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार कार्यालयमा कर्मचारीलाई रमाइलो गर्न, हाँसोमजाक गर्न दिँदा खासगरी युवा कर्मचारीलाई लामो समयसम्म त्यहाँ टिकिरहन प्रोत्साहित गर्नेछ ।

अध्ययनकै क्रममा आतिथ्य उद्योग (हस्पिट्यलिटी इण्डष्ट्री)मा व्यवस्थापकले कर्मचारीहरुलाई रमाइलो वातावरण सृजना गर्न अनुमति दिँदा उनीहरुमा कामप्रति लगाव बढेको र उनीहरु लामो समय काम गर्न इच्छुक पाइएको थियो । तर, यसले कर्मचारीको उत्पादकत्व घट्नुका साथै विक्रीवितरण प्रणालीमा पनि नकारात्मक प्रभाव पुर्‍याएको देखिएको छ । लगातार नयाँ कर्मचारी भर्ती गर्दा तथा उनीहरुको प्रशिक्षणमा ध्यान दिँदा मौजुदा कर्मचारीको व्यवस्थापन तथा उच्च गुणस्तरीय सेवा प्रदान गर्नतर्फ ध्यान घट्ने आतिथ्य व्यवस्थापनका सहायक प्राध्यापक माइकल जे ट्युजको भनाइ छ । अनुसन्धाताले अमेरिकाको १ सय ९५ रेष्टुराँका वेटरमाझ सर्वेक्षण गरेका थिए । उक्त सर्वेक्षण ‘रमाइला गतिविधि’ र ‘यसमा व्यवस्थापकको समर्थन’लगायतका विभिन्न पक्षमा आधारित थियो ।

उनीहरुले विक्री र आयसम्बन्धी तथ्याङ्कलाई सर्वेक्षणका क्रममा पाइएको प्रतिक्रियासँग तुलना गरेका थिए । सो सर्वेक्षणमा छुट्टीमा आयोजना गरिने पार्टी, पिकनिकजस्ता सामूहिक कार्यक्रम, विक्री प्रतियोगिता, कम्पनीका उपलब्धिहरु मनाउने सार्वजनिक समारोह, कर्मचारीको जन्म दिन, वैवाहिक उत्सवजस्ता ‘रमाइला गतिविधि’सँग सम्बन्धित विभिन्न प्रश्न सोधिएको थियो । यो अनुसन्धानको निष्कर्षमा के पाइयो भने रमाइलो गर्दा युवा कर्मचारीले जागीर छोडेर जाने क्रम घट्छ तथा पाका कर्मचारीको विक्री प्रदर्शन बढ्छ र रमाइला गतिविधिमा व्यवस्थापकीय समर्थनले भने सबै उमेरका कर्मचारीको विक्री प्रदर्शन
घटाउँछ ।

तर, ट्युज प्रश्न गर्छन्, ‘व्यवस्थापन पक्षले रमाइलो वातावरणलाई समर्थन गरेर घटेको उत्पादकत्वलाई कर्मचारीले जागीर छोडेर जाने प्रवृत्ति घट्दा हुने लाभले क्षतिपूर्ति गर्छ त ?’ यसको उत्तरमा उनी आफै भन्छन्, ‘त्यस्तो घाटा र लाभ बराबरीजस्तै हुन्छ ।’ निष्कर्ष के हो भने कार्यालयको रमाइलो वातावरणले काममा लाभ भए पनि यसले सबै समस्या समाधान भने गर्दैन । यो अध्ययनको प्रतिवेदन ‘कर्नेल युनिभर्सिटी स्कूल अफ होटल एडमिन्ष्ट्रेशन’द्वारा प्रकाशित हुने कर्नेल हस्पिट्यालिटी नामक त्रैमासिक पत्रिकामा प्रकाशित भइसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)