ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

केराउको आयात तीन गुणाले बढ्दै, तेस्रो मुलुकबाट ल्याएर भारत किन लगिँदैछ केराउ ?

May 20, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

जेठ ६, वीरगञ्ज । वीरगञ्जका विभिन्न नाकाहरूबाट भारततर्फ केराउको तस्करी बढेको छ । तेस्रो मुलुकबाट वीरगञ्ज भित्र्याइएको केराउ स्थानीय व्यवसायीले अवैधरुपमा भारततर्फ निकासी गर्दै आएका छन् । केराउको तस्करी बढेपछि आयात पनि ह्वात्तै बढेको छ । तस्करी धन्धालाई स्थानीय प्रहरी प्रशासनको संरक्षण रहेको स्रोतको दाबी छ ।

वीरगञ्जका सिरसिया, छपकैया, इनर्वालगायतका साना नाकाहरूबाट भारततर्फ निकासी भइरहेको छ । वीरगञ्जका केही व्यापारिक प्रतिष्ठानले आयात गरेको केराउ ग्रामीण क्षेत्रका व्यापारिक फर्मको नाममा बील काटेर भारततर्फ लैजाने गरिएको छ । सीमावर्ती क्षेत्रबाट तस्करहरूले दैनिकजसो मोटरसाइकल, साइकल र ट्याक्टरमा लोड गरेर भारतका सीमावर्ती बजारमा पु¥याउने गरेका छन् ।

भारतमा केराउ आयातमा ५४ प्रतिशत शुल्क भारत सरकारले आफ्ना कृषकलाई संरक्षणका लागि केराउको आयातमा उच्च दरको आयात शुल्क लगाएको छ । भारतमा यस्तो शुल्क ५४ प्रतिशत छ । भारतमा यो वर्ष केराउको उत्पादन बढे पनि मूल्य बढेको छैन । उत्पादन परिमाणको आधारमा भारत चौंथो ठूलो उत्पादक हो । क्यानडा, रुस, र चीन भारतभन्दा अग्रस्थानमा छन् । यी देशमा उत्पादन बढेपछि भाउ सस्तो भएको छ । आयातित सस्तो केराउका कारण आफ्ना कृषकको उत्पादनले बजार नपाउने देखेपछि भारतले आयातमा उच्च दरको शुल्क लगाएको हो । केही अघिसम्म आयातमा रोक नै लगाएको थियो ।

नेपालमा अधिकांश केराउ क्यानडाबाट आयात हुन्छ । आयातमा १० प्रतिशत भन्सार राजस्व तिरे पुग्छ । भारतमा भने उच्च आयात शुल्कका कारण आयातित केराउको मूल्य बढी छ । यही राजस्व अन्तरको फाईदा उठाउन नेपालबाट केराउको अवैध निकासी भइरहेको छ ।

केराउ आयात ३ गुणा बढ्छ वीरगञ्जबाट तस्करी बढेसँगै केराउको आयात ह्वात्तै बढेको तथ्यांकले देखाउँछ । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको १० महीनामा १ लाख ३० हजार ५४६ मेट्रिकटन केराउ आयात भइसकेको छ । यो परिमाण गत वर्ष ५० हजार ११४ मेट्रिकटन रहेको बन्दरगाह भन्सारका सूचना अधिकृत विकासकुमार साहले बताए । यो वर्ष केराउ आयात अघिल्लो वर्षको तुलनामा ३ गुणाभन्दा बढी हुने अनुमान भन्सारको छ ।

स्थानीय प्रहरीसँगको सेटिङमा अवैध धन्दा वीरगञ्जका केही ठूला व्यावसायिक घरानाले स्थानीय प्रहरी प्रशासनसँग सेटिङ मिलाएर यो अवैध धन्दा चलाइरहेको स्रोतले बताएको छ । सुक्खा बन्दरगाह नाकाबाट आयात भएको केराउमध्ये धेरैजसो वीरगञ्जका व्यापारीको रहेको भन्सारले बताएको छ ।

वीरगञ्जबाट ठूलो परिमाणमा केराउ तस्करी भए पनि प्रहरीले सानोतिनो परिमाण पक्राउ गरेर काम देखाउने गरेको छ । तस्करी नियन्त्रण भएको देखाउन केही परिमाणमा पक्राउ गरे पनि दैनिक ठूलो परिमाणमा भइरहेको तस्करीमा प्रहरी प्रशासनले आँखा चिम्लिएको दाबी व्यापारीहरू नै गर्छन् ।

प्रहरीले भने तस्करी रोक्न सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको दाबी गरेको छ । पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बितेको एक वर्षमा पर्साका विभिन्न स्थानबाट प्रहरीले ५८ मेट्रिकटन केराउ पक्राउ गरेको बताए । पछिल्ला केही दिनयता भारततिर लैजान लागिएको केराउ प्रहरीले सीमाक्षेत्रबाट पक्राउ गर्नेक्रम तीव्र पारिएको प्रहरीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)