ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्सेको अनलाइन कारोबार : बिहीवारदेखि ‘बैंक इन्टिग्रेशन’

May 22, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । कात्तिक २० गतेदेखि थालिएको अनलाइन शेयर कारोबार प्रणालीमा बिहीवारदेखि ‘बैंक इन्टिग्रेशन’ शुरू हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २ महीना अघिदेखि यसको तयारी गर्दै आएको थियो । नेप्सेका कार्यकारी प्रमुख चन्द्रसिंह साउदले बैंक इन्टिग्रेशनका लागि सम्बद्ध सबै पक्षबाट तयारी पूरा भएकाले बिहीवारदेखि शुरू गर्न लागिएको जानकारी दिए । उनका अनुसार आइतवारदेखि भने यसको पूर्ण कार्यान्वयन हुनेछ । अनलाइनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न र यसमा रहेका जोखिमलाई निराकरण गर्न नेपाल क्लियरिङ हाउसमा आबद्ध सबै बैंक तथा वित्तीय संस्था मार्पmत अनलाइन शेयर कारोबारको राफसाफ प्रक्रिया अनलाइनबाटै शुरू गर्न लागिएको हो । सोका लागि नेपाल क्लियरिङ हाउसको तर्पmबाट गर्नुपर्ने सबै काम सकिइसकेको क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले जानकारी दिए । उनका अनुसार हाल ४८ बैंक तथा वित्तीय संस्था ‘बैंक इन्टिग्रेशन’का लागि आबद्ध भएका छन् । ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले ब्रोकरहरूकै अनुरोधमा अनलाइन शेयर कारोबारलाई प्रभावकारी बनाउन ‘बैंक इन्टिग्रेशन’ शुरू हुन लागेको बताए । उनले भने, ‘यसका लागि ब्रोकरहरूलाई प्राविधिक रूपमा कुनै समस्या छैन ।’ अनलाइन कारोबार प्रणालीमा बैंक एकीकृत भई प्रणालीमा जोडिएपछि दोस्रो बजारमा भएको शेयर खरीद विक्रीको भुक्तानी लिन र दिन सहज हुनेछ । नेप्से अहिले अनलाइन कारोबार प्रणालीलाई विश्वव्यापी रूपमा विकास गर्न अग्रसर छ । बैंक इन्ट्रिग्रेशनले नेपालमा डिम्याट र बैंक खाता सक्रिय रहेका स्वदेश वा विदेशमा रहेका नेपालीलाई सहज रूपमा शेयर कारोबार गर्न सुविधा पुग्नेछ । अनलाइन कारोबार प्रणालीमा अहिलेसम्म ६ हजार १७५ जना लगानीकर्ता आबद्ध भइसकेका छन् । नेप्सेका अनुसार अनलाइन मार्फत हालसम्म रू. ११ अर्ब ३६ करोड ९२ लाखको कारोबार भएको छ । उक्त कारोबारका लागि १ लाख २८ हजार २३८ खरीद विक्री आदेश भएको छ भने ८५ हजार ६७६ पटक कारोबार भएको छ । बैंक इन्टिग्रेशनपछि अनलाइन शेयर कारोबार प्रणालीबारेको सूचना विश्वभरका नेपालीमा पुर्‍याउन सकिए प्रणालीमा जोडिनेको संख्या अझ बढ्ने नेप्सेको अनुमान छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म १५ लाखभन्दा बढी लगानीकर्ताले हितग्राही (डिम्याट) खाता खोलेका छन् । नेप्सेले करीब २ लाख लगानीकर्तामात्र दोस्रो बजारमा सक्रिय रहेको बताएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार सक्रिय लगानीकर्ता सबै अनलाइनमा सहभागी भएको रेकर्ड संसारको कुनै ठाउँमा छैन । उनका अनुसार यति छोटो समयमा ६ हजारभन्दा बढी लगानीकर्ता अनलाइनमा जोडिनु ठूलो कुरा हो । अनलाइन कारोबार शुरू हुँदा प्राविधिक रूपमा केही समस्या देखापरे पनि हाल यस प्रणालीमा कुनै समस्या नरहेको नेप्सेले दाबी गर्दै आएको छ । के हो बैंक इन्टिग्रेशन ? दोस्रो बजारमा अनलाइन कारोबार प्रणाली मार्फत भएको कारोबारको राफसाफ फर्छ्योट प्रक्रियालाई सदस्य बैंकहरूको प्रणालीसँग आबद्ध गरिनुलाई बैंक इन्टिग्रेशन भनिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)