ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भ्रमण वर्ष २०२० को सचिवालय राख्न सौन्दर्यीकरण गरिँदैछ एक शताब्दी पुरानो केशरमहल (फोटो फिचर)

May 22, 2019  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

जेठ ८, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को सचिवालय लैनचौरस्थित केशरमहलमा रहने टुंगो लागेसँगै यति बेला केशरमहललाई सिंगारिदै छ । सचिवालयको लागि घर भाडामा लिन सूचना जारी गरेको सचिवालयले अन्ततः केशरमहलको पुस्कालयमा सचिवालय राख्ने निर्णय गरेपछि रंग रोगन शुरु गरिएको छ । अहिले सचिवालयको लागि उपलब्ध भवनको रंग रोगन तथा सुन्दरीकरण कार्य भइरहेको छ । एक शताब्दी पुरानो ऐतिहासिक स्थलमा सचिवालय राख्दा नेपाली सम्पदाको संरक्षण हुने भएकोले केशरमहलमा सचिवालय स्थापना गरिएको संयोजक सुरज वैद्यले बताए ।

२०७२ सालको भूकम्पले पुस्तकालयको पछाडिको भवनमा धेरै क्षति भएपनि सचिवालयको लागि उपलब्ध गराइएको भवन भने बस्न लायक रहकोले सचिवालयलाई प्रयाग गर्ने गरी दिइएको केशर पुस्तकालयले जानकारी दिएको छ । सचिवालयलाई उपलब्ध गराएको यो भवनमा केशरशमशेरले प्रयोग गरेका दराज, कुर्सी, टेबुलदेखि शताब्दी पुराना विभिन्न सामग्रीहरु छन् ।

यस्ता ऐतिहासिक वस्तुहरु आफैंमा पर्यटकीय वस्तु भएकोले यसको संरक्षण आवश्यक भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले बताए । उनले यो स्थानलाई भ्रमण वर्षको सचिवालयको रुपमा प्रयोग गर्दा यसको ऐतिहासिक पक्ष थप उजागर हुने बताए ।

तस्वीर : प्रदीपकुमार श्रेष्ठ/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)