ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेरोजगारीले दुव्यर्सनी बढाउने !

Nov 28, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

बेरोजगारीले आर्थिक मात्र नभएर सामाजिक समस्यासमेत निम्त्याउने आमधारणा छ । अमेरिकी सरकारले गरेको ‘नेशनल सर्वे अन ड्रग युज एण्ड हेल्थ’ सर्वेक्षणले यही धारणालाई बल पुर्‍याएको छ । सर्वेक्षणअनुसार हरेक ६ मध्ये एक जना बेरोजगार मादक पदार्थ तथा ड्रग्सको कुलतमा फस्ने गरेका छन् । कुलतमा फस्ने बेरोजगारीको यो सङ्ख्या पूरा समय काम गर्ने कर्मचारीको तुलनामा करीब दोब्बर भएको बताइएको छ । गत वर्ष १७ प्रतिशत बेरोजगार कुलतमा फसेको सर्वेक्षणमा भेटिएको छ । उता, पूरा समय काम गर्ने कर्मचारीमध्ये ९ प्रतिशतमात्र कुलतमा फस्ने गरेका छन् । यो सङ्ख्या अनुमानित भएकाले कुलतमा फस्ने बेरोजगारको सङ्ख्या अझ बढी हुन सक्ने विश्लेषण गरिएको छ ।

समाज तथा भीडमा बढी बस्न नरूचाउनु, स्कूल र पढाइमा प्रतिकूल असर देखिनु र घरपरिवारमा गर्ने व्यवहारमा अचानक परिवर्तन आउनु कुलतमा फस्ने मानिसहरुका केही लक्षण हुन् । मादक पदार्थ सेवनमात्र नभई अवैध औषधिको प्रयोग, डक्टरले सिफारिश गरेको औषधिको दुरूपयोग तथा डाक्टरको निर्देशनविना कुनै औषधिको सेवन गर्नु पनि दुव्र्यसनी हो । मानिसहरु बेरोजगार भएर कुलतमा फस्छन् वा कुलतमा फसेकै कारण उनीहरु बेरोजगार भएका हुन् त ? यसको उत्तर सेण्ट लुइस फेडका अर्थविद्द्वय अलेक्जेण्ड्रो बडेल र ब्रायन ग्रिनीले गरेको एक अनुसन्धानले दिन सक्छ । अचानक जागीर गुमाएर बेरोजगारको सूचीमा समावेश भएकाहरुमध्ये ड्रग प्रयोगकर्ताको सङ्ख्यामा कमी आउनुपर्ने उनीहरुको भनाइ छ । यद्यपि, सो सङ्ख्यामा वृद्धि भएको यस अध्ययनले देखाएको छ । यो तथ्याङ्कलाई पूर्ण सत्य  रुपमा लिन नसकिने औंल्याउँदै बाडेल र ग्रिनीले पहिला ड्रग प्रयोग नगर्नेहरु पछि जागीर गुमाएपछि प्रयोगकर्ता भएको हुन सक्ने बताएका छन् । ‘बेरोजगारको सङ्ख्या बढ्दा ड्रग प्रयोगकर्ताको सङ्ख्यामा पनि नाटकीय वृद्धि हुन्छ,’ अध्ययनमा भनिएको छ ।

त्यस्तै, अमेरिकास्थित युनिभर्सिटी अफ मियामीका समाजशास्त्री माइकल फ्रेञ्च र नोभा साउथइष्टर्न युनिभर्सिटीका अर्थविद् लोयना पोपोभिसीले गरेको अध्यनयले पनि मदिराबारे यही निष्कर्ष निकालेको थियो । ‘बेरोजगार रहनाले मानिसले अनेक चुनौतीको सामना गर्नुपर्छ,’ फ्रेञ्चले भने । ‘एकातर्फ उनीहरुको आम्दानी घट्छ र उनीहरुको मदिरा तथा ड्रग्स किन्ने क्षमतामा कमी आउँछ भने अर्कोतिर मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुन उनीहरुसँग प्रशस्त समय हुन्छ,’ उनको कथन छ । त्यस्तै, घटेको आम्दानीको पीडा कम गर्न मदिरा सेवनमात्र पर्याप्त नहुनेमा उनले जोड दिए । ‘बेरोजगारहरु आम्दानी घटेकोभन्दा पनि खाली समय कसरी कटाउने भन्ने चिन्ताले ग्रसित हुन्छन्,’ फ्रेञ्चले भने । बेरोजगारी बढ्दा अरु सबै कुरा उस्तै रहे पनि मदिरा सेवन भने बढ्ने उनको भनाइ छ । तर, बेरोजगार मात्र कुलतमा फस्छन् भन्नेचाहिँ होइन । कामकाजी मानिसहरु पनि कुलतमा फस्ने गरेको पाइएको छ । सरकारी तथ्याङ्कअनुसार अमेरिकामा सन् २०१२ मा २ करोड १० लाख वयस्क रोजगारहरु कुलतमा फसेका थिए । मदिरा तथा ड्रग्समा फसेकाको यो आकार हालसम्मकै उच्च भएको बताइन्छ । कुलतमा फसेकामध्ये सबैभन्दा बढीमा मदिराको लत रहेको पाइएको छ । त्यस्तै, ४० प्रतिशत भने ड्रग्सको कुलतमा फस्ने गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)