ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिमेन्ट र क्लिंकरमा १० अर्ब लगानी थप्दै कसमस

May 27, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.
काठमाडौं । कसमस सिमेन्ट इन्डस्ट्रिजले रू. १० अर्ब लगानी थप्ने भएको छ । सिमेन्ट र क्लिंकरको उत्पादन क्षमता विस्तार गर्ने रणनीति सहित कम्पनीले उक्त लगानी थप्न लागेको हो । उक्त उद्योग २०६० सालमा करीब रू. ५० करोड लगानीमा सञ्चालनमा आएको थियो । कम्पनीको क्षमता विस्तार गर्ने योजना अनुसार सिमेन्ट र क्लिंकरको उत्पादन बढाउन लगानी थप्ने तयारी भइरहेको उद्योगका कार्यकारी निर्देशक ध्रुव थापाले बताए । उनका अनुसार २ वर्षपछि क्लिंकर उत्पादन हालको १ हजार मेट्रिक टनबाट २ हजार ५०० मेट्रिक टन पुर्‍याउने लक्ष्य छ । सोही अवधिमा सिमेन्टको उत्पादन हालको दैनिक ८०० मेट्रिक टनबाट ३ हजार ८०० मेट्रिक टन पु¥याउने योजना रहेको थापाले जानकारी दिए । सिमेन्ट र क्लिंकरको व्यावसायिक उत्पादन गर्दै आएको उद्योगले हाल तेज ब्रान्डमा ओपीसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र पीपीसी (पोर्टल्यान्ड पोजोलाना सिमेन्ट) गोल्ड उत्पादन गर्दै आएको छ । उद्योगले उदयपुरको चुनढुंगा प्रयोग गर्दै आएको छ । उद्योगको भगिनी संस्था इष्टर्न कसमस सिमेन्टस्ले पनि तेज ब्राण्डबाटै पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । सर्लाहीदेखि पूर्वको क्षेत्रलाई स्थापित बजार मान्दै आएको उद्योगले मागअनुसार काठमाडौं र अन्य इलाकामा पनि बजार विस्तार गर्ने योजना बनाएको छ । ‘सिमेन्टमा अबको बजार क्षेत्रीय हुन्छ किनभने नेपालमा ढुवानीको लागत बढी छ,’ थापाले भने, ‘ढुवानी खर्च र लागत कम गर्न पनि यस्तो बजारको विकास हुने सम्भावना छ । अहिले उद्योगलाई बजारको समस्या छैन ।’ उद्योगको कारखाना धनुषाको नकटाझिजमा छ । उक्त उद्योगबाट उत्पादित पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा रू. ६५० पर्छ । यस्तै, ओपीसी सिमेन्ट प्रतिबोरा रू. ७५० मा विक्री गर्दै आएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)