ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुमार्गीको विदेशबाट ल्याइएको रकम छानविन गर्न आदेश

May 28, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई

जेठ १४, काठमाडौं । व्यापारी अजय सुमार्गी पराजुलीद्धारा विदेशबाट ल्याइएको भनिएको रकमको बारेमा छानविन गर्न सर्वोच्च अदालतले राष्ट्र बैङ्कलगायतका निकायलाई आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले मंगलवार सो आदेश दिएको हो ।

सुमार्गीले बैदेशिक लगानी नेपालमा भित्र्याउनको लागि आफूले सो रकम नेपालमा ल्याएको दावी गर्दै आएका थिए । विवादित रकम मुक्तिश्री सिमेन्ट उद्योगको नाममा नेपालमा आएको थियो । सो रकमको स्रोत सुमार्गीले खुलाउन नसकेपछि राष्ट्र बैङ्कले रोक्का राखेको थियो । गैरकानूनी रुपमा आफ्नो रकम राष्ट्र बैङ्कले रोक्का राखेको दावी गर्दै उनले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

यही पुष १० गते न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सो रकम नरोक्न राष्ट्र बैङ्कलगायतका नाममा अन्तरिम आदेश दिएको थियो । यस अघि सर्वोच्चले सर्वोच्चको एकल इजलासले अन्तरिम आदेश दिएपछि झण्डै रू.२ अर्ब ८० करोड झिकी नेपाल इन्भेष्टमेन्ट बैङ्कमा राखिएको थियो । पछि सो रकम पुन रोक्का गर्न सर्वोच्चको संयुक्त इजलासले आदेश दिएको थियो । हिजो मंगलवार भने अन्तिम आदेश भएको छ । सो आदेशको पूर्ण पाठ तयार भएको छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)