ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘सुकुमबासी’ पर्यटन !

Dec 1, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

विश्वका विभिन्न देशले विदेशी तथा आन्तरिक पर्यटक आकर्षित गर्न विभिन्न उपाय अपनाइरहेका छन् । हामीले पर्वतीय पर्यटन, साहसिक पर्यटन र धार्मिक पर्यटनबारे सुन्दै अनि पढ्दै पनि आइरहेका छौं । तर, दक्षिण अफ्रिकाको एक होटलले भने पर्यटकलाई फरक अनुभूति दिलाउन ‘स्लम’ (सुकुमबासी) पर्यटन शुरु गरेको छ । ब्लोयमफेण्टेननजिक रहेको ‘इमोया लक्जरी होटल एण्ड स्पा’ले वास्तविक गरीबी हेर्न नचाहने पर्यटकका लागि होटल क्षेत्रभित्रै दाउराका टुक्राटाक्री र थोत्रा टिन तथा जस्ताबाट सुकुमबासी बस्तीमा हुने जस्तै झोपडीहरु बनाएको छ । यहाँबाट वास्तविक सुकुमबासी बस्तीमा हुने अपराध, रोग अनि फोहोरको दुर्गन्धवीना नै सुरक्षित तवरले यसको आनन्द लिन सकिने होटल सञ्चालकको भनाइ छ । बाहिरबाट हेर्दा सुकुमबासी बस्तीजस्तो देखिए पनि यहाँका हरेक घरमा हिटर जडान गरिएको छ । यहाँ वायरलेश इण्टरनेटको समेत सुविधा भएको बताइएको छ ।

रिसोर्टमा वास्तविक सुकुमबासी बस्तीको अनुभूति दिलाउनका लागि खल्डाखुल्डी खनेर पानी जमाइएको छ । पर्यटकले झोपडीको बाहिरपट्टि आगो बालेर पानी तताउन तथा बारबेक्यू बनाउन सक्ने व्यवस्थासमेत गरिएको छ । एकपटकमा ५२ जनासम्म पाहुना अटाउने यस रिसोर्टमा रात बिताउन चाहनेले हरेक रातको ८२ डलर तिर्नुपर्ने छ । यो औसत दक्षिण अफ्रिकीहरुको झन्डै आधा महीनाको तलब भएको यसका आलोचकहरुले बताएका छन् । तर, यस होटलमा रात बिताएकाहरुले भने यसबारे मिश्रित प्रतिक्रिया दिएका छन् । एक जना पाहुनाले यसलाई ‘वास्तविक अनुभव’ भनेर प्रशंसा गरेका छन् । खुला आकाशमुनि बारबेक्यू बनाएर खानुको मज्जा नै अर्को भएको उनको कथन छ । तर, अर्का एक जनाले भने यो अति महँगो भएको र यति रकममा आरामदायी खाट र ब्रेकफाष्ट उपलब्ध गराउने अन्य कुनै लक्जरी होटलमा नै बस्न सकिने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)