ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमाल आरोहणको ११४ वर्षमा १०९७ जनाको मृत्यु

May 31, 2019  
मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं  । नेपालका हिमाल आरोहण शुरू भएको ११४ वर्षमा पर्वतारोहणका क्रममा १ हजार ९७ जनाको मृत्यु भएको छ । उक्त तथ्यांक ५ हजार मीटरमाथिका हिमाल आरोहण तथा फर्किने क्रममा भएका दुर्घटनाहरूको हो । यसपटकको वसन्त सिजन अन्तर्गत गत वैशाख ३१ देखि जेठ १३ सम्ममा सगरमाथा, कञ्चनजंघा, मकालु र ल्होत्से हिमाल आरोहण र फर्किने क्रममा १७ जना आरोहीले ज्यान गुमाएका छन् । वसन्त ऋतुलाई हिमाल आरोहणको उत्कृष्ट सिजन मानिन्छ । तर, आरोहीको मृत्यु हुने संख्या पनि यही सिजनमा बढी रहेको पर्यटन विभागको तथ्यांक छ । त्यसबाहेक शरद्ऋतुमा पनि हिमाल आरोहण गरिन्छ नेपालमा आरोहीको मृत्यु भएको घटना सन् १९०५ देखि अभिलेखीकृत छ । सन् १९०५ मा कञ्चनजंघा आरोहणका क्रममा मृत्यु भएका आरोहीहरूको परिचय भने खुल्न सकेको छैन । खासगरी, सन् १९२१ यता भएका दुर्घटना र मृत्युको तथ्यांक भने विभागसँग अद्यावधिक छ जोखिमपूर्ण मानिने हिमाल आरोहणका लागि आवश्यक पूर्वतयारी नहुँदा र प्राकृतिक प्रकोपका कारण आरोहीहरूको मृत्यु हुने गरेको जानकारहरूको भनाइ छ । ‘सगरमाथा तथा अन्य हिमाल आरोहण दुःखद बन्नुको मुख्य कारण आरोही नै हुन्,’ १४ पटक सगरमाथाको सफल आरोहण गरेका फुर्वा तेन्जिङ शेर्पाले आर्थिक अभियानसँग भने, ‘मौसमको खराबी र आरोहीको चापले दुर्घटना हुनेभन्दा पनि पूर्वतयारी तथा तालीम र प्रशिक्षणको कमीले आरोहीको मृत्यु हुने गरेको छ ।’ उनका अनुसार पहिले साना हिमालको आरोहण गरेर मात्रै सगरमाथा आरोहण गर्नुपर्छ । ‘आरोहणका लागि पैसा तिरेर मात्रै हुँदैन, त्यसअघिको अभ्यास पनि उत्तिकै जरुरी हुन्छ,’ शेर्पाको सुझाव छ । नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष सन्तवीर लामा पनि तालीम र पूर्वतयारीको अभाव तथा हिमाल चढेर सेलिब्रेटी बन्ने सोखका कारण यस्ता दुर्घटना हुने गरेको बताउँछन् । ‘कुनै पनि देशका आरोहीहरू आएर पैसा तिर्दा मात्रै आरोहण अनुमति दिनु हुँदैन,’ उनले भने, ‘हिमाल चढ्दा प्राविधिक र जनशक्ति व्यवस्थापन जरुरी हुन्छ । त्यसमा सरकारले स्पष्ट मापदण्ड तोके मृत्युदर घटाउन सहज हुन्छ ।’ यस्तै, एक्सपिडिशन अपरेटर एशोसिएशन (ईओए) का अध्यक्ष डम्बर पराजुलीले आरोहीको व्यक्तिगत समस्याका कारण हिमालमा मृत्यु हुने क्रम बढेको बताए । आरोहीले आपैm सचेत, पूर्वतयारीमा केन्द्रित र फिटनेशमा ध्यान दिन सके यस्ता घटना कम हुने उनको सुझाव छ । पर्यटन विभागले भने यस वर्ष भएको आरोहीहरूको मृत्युको कारण अभैm स्पष्ट हुन नसकेको बताएको छ । गत आइतवार विभागका महानिर्देशक डण्डुराज घिमिरेको हस्ताक्षरमा जारी प्रेस विज्ञप्तिमा प्रतिकूल मौसमका कारण केही समस्या परेको उल्लेख गरिएको छ । विज्ञप्तिमा आरोहण मार्गमा रहेको चाप मृत्युको कारण नहुने उल्लेख छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)