जेठ १८, काठमाडौं (अस) । यो क्यामेराम्यान शंखरापुर नगरपालिका क्षेत्रमा डुल्दै जाने क्रममा स्थानीय महिलाहरु धान रोपाँई गर्न व्यस्त थिए । महिलाहरु भने असारे भाका हालेर गित गाइरहेका थिए ।
गत बर्ष भन्दा यस वर्ष पानी पर्न ढिला भएको कारण रोपाँई पनि ढिला भएको उनीहरुको भनाई थियो । तर केही दिन यता लगातार पानी परेपछि साँखु क्षेत्रमा मात्र नभई उपत्यका आसपासका क्षेत्रमा धमाधम रोपाँई शुरु भएको छ ।
दिनप्रतिदिन धान फल्ने फाँटहरु घडेरीको नाममा प्लटिंग हुने क्रम नरोकिएपछि स्थानीय कृषक चिन्तित छन् ।
हेर्नुहोस धान रोपाँईका दृष्यहरु : सवै तस्वीरहरु : मोनिका मल्ल / आर्थिक अभियान