ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मर्जरमा जाने तयारीमा २५ बैंक तथा वित्तीय संस्था

Jun 2, 2019  
लगानी मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा
काठमाडौं । २५ बैंक तथा वित्तीय संस्था मर्जरमा जाने तयारीमा छन् । वाणिज्य बैंक, फाइनान्स, विकास बैंक र लघुवित्त वित्तीय संस्थाले मर्जरमा जाने तयारी गरेका हुन् । मर्जरका लागि कतिपय कम्पनी साधारणसभामार्फत प्रस्ताव पारित गरी प्रक्रियामा गइसकेका छन् भने कतिपय कम्पनीले मर्जरको प्रस्ताव राख्दै साधारणसभा बोलाएका छन् । नेपाल इन्भेस्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई एक्विजिशन गर्ने निर्णय २०७५ फागुन २६ गते भएको थियो । सोहीअनुसार जेबिल्स फाइनान्सको शेयर कारोबार फागुन २७ गतेदेखि रोक्का भएको हो । यी दुई कम्पनीको स्वाप रेशियो १००ः३३ कायम भएको छ । जेबिल्स फाइनान्सको १०० कित्ताबराबर नेपाल इन्भेस्टमेन्ट बैंकको ३३ कित्ता कायम भएको हो । जेठ १२ गते बसेको मर्जर कमिटीको बैठकले सो निर्णय गरेको थियो । काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले पनि एकआपसमा मर्जरमा जान विशेष साधारणसभा सम्पन्न गरेका छन् । दुवै कम्पनीले चैत २७ गते विशेष साधारणसभा गरेका हुन् । त्यस्तै मर्जरमा जान तिनाउ विकास बैंक र मिशन डेभलपमेन्ट बैंकले जेठ १७ गते विशेष साधारणसभा गरेका छन् । यी दुई कम्पनी मर्जरपछि बन्ने तिनाउ विकास बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई एक्विजिशन गर्ने भएको छ । जेठ २७ गते एक्विजिशन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो । सोही सहमति भएसँगै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको शेयर कारोबार जेठ ८ गतेदेखि रोक्का भएको छ । मर्जरमा जान मिर्मिरे लघुवित्त, नागबेली लघुवित्त र किसान लघुवित्त संस्थाले वैशाख ३० गते समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । वैशाख ३१ गतेदेखि लागू हुनेगरी तीनओटै वित्तीय संस्थाहरू एकआपसमा गाभ्ने प्रक्रिया सम्पन्न नभएसम्मका लागि तीनओटै कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ । यी तीन कम्पनीको मर्जरपछि कम्पनीको नाम किसान लघुवित्त वित्तीय संस्था रहनेछ भने पूँजी रू. ३८ करोड ८६ लाख हुनेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)