ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्जा प्रवाहको लक्ष्य : ‘विपन्न वर्ग’मा पूरा ‘प्राथमिकता क्षेत्र’मा कम

Jun 3, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । वाणिज्य बैंकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमा अनुसार कृषि र ऊर्जा तथा पर्यटन क्षेत्रमा लगानी गर्न नसकेको देखिएको छ । तर, विपन्न वर्ग कर्जामा भने तोकिएको न्यूनतम सीमाभन्दा बढी ऋण गएको छ । वाणिज्य बैंकहरूले आफ्नो कुल कर्जाको प्राथमिकता प्राप्त क्षेत्र अन्तर्गत कृषिमा न्यूनतम १० र ऊर्जा तथा पर्यटनमा न्यूनतम १५ प्रतिशत लगानी भएको हुनुपर्छ । त्यस्तै विपन्न वर्गमा न्यूनतम ५ प्रतिशत कर्जा प्रवाह भएको हुनुपर्छ । तर, २०७५ चैत मसान्तसम्ममा कृषिक्षेत्रमा ९ र ऊर्जा तथा पर्यटन क्षेत्रमा ८ दशमलव १ प्रतिशतमात्र कर्जा प्रवाह भएको छ । यी दुई क्षेत्रमा गरी उक्त अवधिमा रू. ४ खर्ब १७ अर्ब ८६ करोड कर्जा प्रवाह भएको छ । केन्द्रीय बैंकले तोकिएको सीमा अनुसार कर्जा प्रवाह गर्न नसके अन्य बैंकबाट कर्जा सापटी लिएर भए पनि कर्जा प्रवाह पुर्‍याउने सुविधासमेत दिएको थियो । तर, विपन्न वर्गका लागि कुल कर्जा सापटको न्यूनतम ५ प्रतिशत अनिवार्य प्रवाह गर्नुपर्ने व्यवस्था भएकोमा तथ्यांक अनुसार ६ प्रतिशत कर्जा प्रवाह भएको छ । २३ अर्ब ६ करोड पुनर्कर्जा उपयोग प्राथमिकता प्राप्त क्षेत्रतर्पm कर्जा लगानी प्रवद्र्धन गर्न तथा निर्यात विस्तारमा समेत सहयोग पुर्‍याउन सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जाको उपयोग बढेको छ । गत चैत मसान्तमा बैंकहरू मार्फत रू. २३ अर्ब ६ करोड पुनर्कर्जा लगानी भएको छ । बैंक तथा वित्तीय संस्थालाई ४ प्रतिशत ब्याजमा साधारण पुनर्कर्जा दिने व्यवस्था रहेकोमा बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जामा ऋणीबाट ८ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था कार्यान्वयनमा ल्याएको राष्ट्र बैंकले बताएको छ । यसैगरी, निर्यातलाई प्रोत्साहन गर्न १ प्रतिशत ब्याजमा केन्द्रीय बैंकले दिँदै आएको निर्यात पुनर्कर्जामा बैंक तथा वित्तीय संस्थाले ऋणीसँग ३ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था छ । भूकम्प पीडित कर्जा भूकम्प पीडितहलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न केन्द्रीय बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनर्कर्जाको बक्यौता २०७५ चैत मसान्तमा रू. २ अर्ब ५८ करोड रहेको छ । यस्तो कर्जा १ हजार ५७७ जना ऋणीले उपयोग गरेका छन् । सहुलियतपूर्ण कर्जा नेपाल राष्ट्र बैंकको चैत मसान्तसम्मको तथ्यांक अनुसार १४ हजार ९ सय २३ जनाले रू २५ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ बराबरको कर्जा उपयोग गरेका छन् । नेपाल सरकारबाट ५ देखि ६ प्रतिशतसम्म यस्तो कर्जा प्रवाह गरिँदै आएको छ । ब्याज अनुदानमा प्रवाह गरिने व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा १४ हजार ६३९ जनाले उपयोग गरेका छन् । यस अन्तर्गत प्रवाह भएको कर्जामध्ये रू. २५ अर्ब १८ करोड कर्जा बक्यौता रहेको छ । शिक्षित युवा स्वरोजगार कर्जा हालसम्म ६ जनाले लिएका छन् र यस अन्तर्गत २५ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । विदेशबाट फर्केकाहरूका लागि सञ्चालित युवा परियोजना कर्जा अन्तर्गत ११ जनाले ७८ लाख रुपैयाँ बराबरको कर्जा पाएका छन् । यस्तै १७० जनाले रू. ९ करोड ७६ लाख बराबरको महिला उद्यमशील कर्जा पाएका छन् भने १५ जनाले रू. ७८ लाख बराबरको दलित समुदाय व्यवसाय विकास कर्जा उपभोग गरेका छन् । उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा अन्तर्गत ५५ जनाले १ करोड ३३ लाख र भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा अन्तर्गत २७ जनाले ७२ लाख रुपैयाँ कर्जा लिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । चैत मसान्तसम्ममा कुल कर्जामा ओभरड्राफ्ट, घरजग्गा, हायरपर्चेज र मार्जिन प्रकृति कर्जाको अंशमा भने केही कमी आएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)