ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमा समितिको भवन हस्तान्तरण गर्न अर्थ मन्त्रालयको ताकेता

Jun 4, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । चाबहिलस्थित बीमा समितिकोे भवन आफूलाई हस्तान्तरण गर्न अर्थ मन्त्रालयले ताकेता गरिरहेको छ । उक्त भवन निःशुल्क हस्तान्तरण गर्न मन्त्रालयले तीन पटक पत्राचार गरिसकेको समितिले जानकारी दिएको छ । बीमा समिति अर्थ मन्त्रालय मातहतको नियामक निकायको हो । सोही कारण मन्त्रालयको निर्देशन पालना गर्नु समितिको दायित्व हुन जान्छ । तर, त्यसबापत सरकारले उचित क्षतिपूर्ति दिनुपर्ने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । ‘नयाँ बीमा ऐन आएपछि समिति प्रादेशिक संरचनामा जानुपर्छ । त्यो अवस्थामा हामीलाई थप जग्गा र भवनहरू आवश्यक हुन सक्छ,’ उनले भने, ‘त्यतिबेला सहयोग गर्न सरकार तयार भएमा हामी उक्त भवन दिन सक्छौं ।’ २०२५ सालमा स्थापना भएको समितिले लामो समय अर्थ मन्त्रालयको दुईओटा कोठा बसेर काम गर्‍यो । आफ्नै भवन निर्माण गरेर २०५८ सालमा चाबहिल सरेको थियो । उक्त भवन करदाता सेवा कार्यालयलाई भाडामा दिएर २०७२ सालदेखि ललितपुरको कुपण्डोलमा समितिको कार्यालय सञ्चालनमा छ । कुपण्डोलमै करीब रू. १ अर्ब लागतमा भवन निर्माण गर्ने तयारीमा समिति छ । चाबहिलस्थित भवनको भाडा पनि प्राविधिक समस्याका कारण अहिलेसम्म समितिले असुल गर्न सकेको छैन । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भाडा निर्धारण समिति बनाइएको थियो । तर, तत्कालीन काठमाडौं नगरपालिकाबाट नक्सा पास नगराई भवन निर्माण गरिएकाले अहिलेसम्म भाडा निर्धारण हुन नसकेको हो । समितिले भवनको प्रस्तावित नक्सा नगरपालिकामा पेश नगरेको पनि होइन । त्यसका लागि नगरपालिकामा रू. ५० हजार धरौटी पनि राखिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल सम्झिन्छन् । तर, भवन निर्माण भएको करीब १८ वर्ष बितिसक्दा पनि नक्सा पास हुन सकेको छैन । काठमाडौं महानगरपालिकाबाट नक्सा पास भएपछि भाडा निर्धारण गरेर असुल गरिने पौडेलको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)