सुर्खेत । कर्णाली प्रदेशका सुर्खेतसहित पाँच जिल्लामा विद्युत् अनियमित हुँदा जनजीवन कष्टकर बनेको छ । बत्ती गइरहने र आए पनि कम भोल्टेजको समस्याले सुर्खेत, जाजरकोट, सल्यान, दैलेख र रुकुम पश्चिमका जनताको दिनचर्या असहज बनेको हो ।
सुर्खेत विद्युत् वितरण केन्द्रका प्रमुख सुरज भण्डारीले कोहलपुुरदेखि सुर्खेत आउने ३३ केभीए प्रसारण लाइन निकै पुुरानो भएकाले पनि समस्या हुुने गरेको बताए । ‘नयाँ १३२ केभीए लाइन नबन्दासम्म यो समस्या यथावत् रहन्छ,’ उनले भने, ‘पुरानो विद्युत् वितरण संरचना भएकाले प्राविधिक समस्या आउँदा विद्युत् काट्नुपरेको हो ।’ नयाँ ट्रान्सफर्मर जडान गर्दै गरेको र सडकमा काम भइरहेकाले केही दिनयता बत्ती जाने–आउने भइरहेको उनको भनाइ छ । १ हप्तामा यो समस्या समाधान हुने उनले जानकारी दिए ।
उता, विद्युत् अनियमित हुँदा जाजरकोटका बासिन्दाले समेत सास्ती खेप्नुपरेको छ । लोडशेडिङ नभए पनि छिनछिनमै विद्युत्् जाने समस्याले उपभोक्ता मात्र होइन, विद्युत्का कर्मचारी नै हैरान छन् । ‘कति बेला विद्युुत् आउँछ, जान्छ ठेगानै हुँदैन’, इलेक्टभेरी नगरपालिका–४ का जितबहादुुर शाहले भने, ‘विद्युुत् प्राधिकरणले न उपभोक्तालाई विद्युुत् जाने सूचना दिन्छ, न आउने जानकारी नै ।’ ३३ केभीएको कोहलपुुर स्टेशनबाट धेरै ठाउँमा विद्युुत् वितरण भएकाले समस्या आएको प्राधिकरण जाजरकोटका प्रमुुख लोकबहादुुर खड्काले बताए । ‘बढीमा ६० किलोमिटर दूरीसम्म पावर सप्लाई गर्न सकिन्छ,’ उनले भने, ‘तर २ सय किलोमिटरभन्दा टाढासम्म वितरण गरिएकाले पनि समस्या आएको हो ।’
सबस्टेशन नहुुँदा एक ठाउँमा समस्या आउँदा सबै ठाउँको विद्युुत् बन्द गर्नुुपर्ने बाध्यता रहेको खड्काले बताए । जाजरकोटमा अहिले लोडशेडिङ नभई प्राविधिक समस्याले विद्युत् आपूर्तिमा समस्या भएको उनको भनाइ छ ।
कम भोल्टेजले लाखौं घाटा कम भोल्टेजका कारण उद्योगधन्दा, रेडियो, छापाखानाका साथै पंखा, फ्रिज, राइसकुकुर लगायत घरायसी सामानसमेत राम्ररी चल्न सकेका छैनन् । उद्योगहरू थपिएर रोजगारीका नयाँ अवसर सृजना हुनुपर्नेमा भएका उद्योग समेत बन्द हुने अवस्था आउन लागेको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले बताए । १३२ केभीए विद्युत् प्रसारण लाइनको व्यवस्था गर्न सरकारसँग लामो समयदेखि माग गर्दै आए पनि सुनुवाइ नभएको उनले गुनासो गरे ।
बन्द हुँदै उद्योग विद्युत् नियमित आपूर्ति नहुँदा वीरेन्द्रनगर औद्योगिक क्षेत्रका आधा दर्जन उद्योग बन्द भएका छन् । विद्युत् आए पनि कम भोल्टेजले मेशिनका पार्टपुर्जामा क्षति पुग्न थालेपछि उद्योगीले उद्योग नै बन्द गरेका हुन् । विद्युत्को सहज आपूर्ति नहुँदा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको बाबा काष्ठकला तथा समिलका सञ्चालक मनोहरकुमार ठाकुरले बताए । औद्योगिक क्षेत्रका लागि विशेष विद्युत् लाइन विस्तार गर्न आवश्यक रहेको उनले औंल्याए ।
विद्युत्को समस्यासँगै औद्योगिक क्षेत्रको व्यवस्थापकीय कमजोरीका कारण अधिकांश उद्योेग रुग्ण छन् । उद्योगहरूले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् । मजदूरले कामै नगरे पनि सेवासुविधा दिनुपर्ने बाध्यताका कारण नोक्सानीमा उद्योग चलाउनुभन्दा बन्द गर्ने निर्णयमा पुगेको सिद्धार्थ समिलका सञ्चालक हरि थापाले बताए । देशका अन्य ठाउँमा रहेका औद्योगिक क्षेत्रमा विद्युत्को ‘सिंगल फिडर’ जडान हुने गरेको छ । तर सुर्खेतमा सो सुविधा नहुँदा उद्योगी व्यवसायी मर्कामा परेका छन् ।
‘कोहलपुर केन्द्रबिन्दु हुनुहुँदैन’ सुर्खेतका साथै जाजरकोट, दैलेख, सल्यान र पश्चिम रुकुुमको कुुनै पनि ठाउँमा विद्युत्मा कुुनै खराबी आए सीधै कोहलपुुर स्टेशनबाटै बन्द हुुने गरेको छ । यस कारण पनि यी पाँच जिल्लाका बासिन्दा अघोषित लोडशेडिङको मारमा परेका हुन् । कतिपय अवस्थामा मर्मतमा ढिलाइ हुुने र कहिलेकाहीँ सिस्टमले नै काम नगर्दा समस्या हुुने गरेको विद्युत् प्राधिकरणको भनाइ छ । हिजोआज सुर्खेत, दैलेख, जाजरकोटमा दैनिक २० पटकसम्म विद्युुत् अवरुद्ध हुुने गरेको छ । कम भोल्टेजका कारण साँझपख उपभोक्ता थप समस्या भोग्न बाध्य छन् । सरकारले कर्णाली प्रदेशका विभिन्न जिल्लाका लागि सुुर्खेतको सुुब्बाकुुनामा विद्युुत् वितरण स्टेशन बनाउने तयारी गरेको बताइए पनि अघि बढ्न सकेको छैन । कर्णाली प्रदेशमा आउने विद्युत् प्रसारण लाइनको कोहलपुर केन्द्रबिन्दु हटाएर अब सुर्खेतमै स्टेशन बनाउन स्थानीयले माग गरेका छन् ।