ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सूर्य नेपालको कर विवाद १२ वर्षदेखि घुमेको घुम्यै

Jun 6, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
काठमाडौं । सूर्य नेपाल प्रालिसँग सम्बद्ध कर विवाद १२ वर्षसम्म अन्तिम निर्णय हुन नसकी सर्वोच्च अदालतका विभिन्न इजलाशमा घुमेको घुम्यै छ । २०६४ भदौ २५ मा पहिलो विवाद दर्ता भएयता लगातार अन्य विवादहरू पनि दर्ता भएको सर्वोच्च अदालतको अभिलेखबाट देखिएको छ । हाल उक्त कम्पनीसँग सम्बद्ध विवाद १२ थान छन् । तीमध्ये अन्तिम विवाद २०६६ माघ २१ मा दर्ता भएको हो । १२ वर्षको अवधिमा सुनुवाइका लागि ३९ पटक पेशीमा चढाइएको पाइएको छ । पेशीमा चढेको दिन प्रायः सुनुवाइ नै हुन पाएको छैन । कहिले हेर्न नमिल्ने न्यायाधीशको इजलाशमा पर्ने, कहिले सुनुवाइका लागि समय अभाव हुने र कहिले पक्ष र विपक्षले नै हटाउने गरेका कारण सुनुवाइ हुन नसकेको देखिन्छ । त्यसमध्ये १९ पटक हेर्न नभ्याइने, १७ पटक हेर्न नमिल्ने, एकपटक इजलाश बस्न नभ्याएको तथा अन्य बेला आदेश भएको पाइएको छ । अर्थ मन्त्रालय, राजस्व अनुसन्धान विभाग, ठूला करदाता कार्यालय लगायत निकायसँग सूर्य नेपालको विवाद भएको हो । सर्वोच्च अदालतका एक कर्मचारीका अनुसार यी मुद्दाहरूमा करोडौं रुपैयाँ बराबरको कर विवाद उल्लेख छ । ‘सूर्य नेपालसँग सम्बद्ध विवादहरू लामो समयसम्म निरूपण हुन नसकेको देख्दा आश्चर्य लागेको छ,’ ती कर्मचारीले भने, ‘अब त यसले निकास पाउँछ होला भनेर मिसिलहरू इजलाशमा पठायो तर विभिन्न कारणले फर्केर आउने गरेको छ ।’ पुराना मुद्दाहरू छिनोफानो गरिसक्ने गरी अदालतले आफ्नो कार्ययोजना बनाएको भए पनि १२ वर्षसम्म यस्ता विवाद अल्झिएर बस्दा त्यस्तो कार्ययोजना सफल हुन नसकेको सर्वोच्चका एक अधिकृतले बताए । सरकारी निकायसँग सूर्य नेपालको कर विवाद आर्थिक वर्ष २०६१/६२ देखि २०६४/६५ सम्मका छन् । ती विवाद कहिले टुंगिन्छन् भन्नेमा अझै पनि अन्योल रहेको सर्वोच्चका कर्मचारीहरू बताउँछन् । पछिल्लो पटक गत जेठ २० मा न्यायाधीशहरू हरिकृष्ण कार्की र हरिप्रसाद फुयालको इजलाशमा सुनुवाइका लागि पेशीमा चढेको थियो । त्यस दिन दुई न्यायाधीशमध्ये एकले हेर्न नमिल्ने भएका कारण निकास पाउन सकेन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)