ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हेटौंडा सिमेण्टको उत्पादन शुरु

Jun 7, 2019  
प्रदेश समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ २४, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ताबाट स्थापित ऋद्धिसिद्धि सिमेण्ट उद्योगले उत्पादन शुरु गरेको छ ।  रू. १० अर्ब ५० लाखको लागतमा स्थापना गरिएको सो उद्योगले प्रथम चरणमा दैनिक २० हजार बोरा सिमेण्ट उत्पादन गर्दै आएकोे छ ।

उक्त उद्योगले आगामी केही महीनाभित्रै कूल क्षमताअनुसार दैनिक ६० हजार बोरा सिमेण्ट उत्पादन गर्ने बताइएको छ । उक्त उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ (चुनढुंगा) मकवानपुरको कैलाश गाउँपालिकाको राक्सिरांङ, भीमफेदी गाउँपालिकाको निबुवाटार, चितवनको शक्तिखोर र उदयपुरको चुनढुंगा खानीबाट दैनिक १० हजार मेट्रिक टन चुनढुंगा सङकलन गर्दै आएको सो उद्योगले बताएको छ ।

उद्योगद्वारा उत्पादित् ऋद्धिसिद्धि ब्राण्डको सिमेण्ट अहिले काठमाडौं, विराटनगर, झापा, जनकपुर, पोखरा र हेटौंडामा सुपथ मूल्यमा वितरण भइरहेको क्षेत्रीय विक्री प्रबन्धक विक्रम खतिवडाले जानकारी दिए । उनका अनुसार व्यवस्थापनले युरेपेली प्रविधि र रोबोट प्रयोगबाट गुणस्तरीय उत्पादन गरिरहेको छ ।

हाल सो उद्योगमा प्रशासन, प्रयोगशाला, भण्डारण र प्राविधिक र कामदार गरी करीब ३०० जनाले प्रत्यक्ष रोजगारी पाएको उद्योग व्यवस्थापनले जनाएको छ । यहाँ यसअघि हेटौंडा सिमेण्ट र शिवम् उद्योगबाट सिमेण्टहरु उत्पादन हुँदै आएको थियो । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)