ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बिटुमिन आयातमा साफ्टाको सुविधा दुरुपयोग : भन्सार विभागले थाल्यो अनुसन्धान

Jun 9, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल
वीरगञ्ज । सडक कालोपत्रे गर्न प्रयोग हुने अलकत्रा (बिटुमिन) आयातकर्ताले दक्षिण एशियाली स्वतन्त्र व्यापार संगठन (साफ्टा)को सुविधा दुरुपयोग गरेको भेटिएपछि भन्सार विभागले अनुसन्धान थालेको छ । भारतबाट आयात हुने बिटुमिनमा यो सुविधा आकर्षित नहुने भएकाले विभागले आयातमा कडाइ गरी छानविन थालेको हो । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रमा उत्पादित वस्तुको सार्क राष्ट्रमै हुने निर्यातमा पाइने महशुल सुविधा दुरुपयोग भएको रहस्य खुलेपछि अहिले वीरगञ्ज लगायत भन्सारमा बिटुमिन बोकेर आएका गाडी रोकिएका छन् । वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक श्यामप्रसाद भण्डारीले भारतमा उत्पादित बिटुमिनमा साफ्टाको सुविधा लिन नमिल्ने पत्र फेला परेकाले छानविन थालिएको बताए । भारतको सरकारी स्वामिŒवको कम्पनी भारत पेट्रोलियम कर्पोरेशनले आफ्नो देशमा उत्पादित बिटुमिनमा साप्mटा सुविधा लिने मापदण्ड पूरा नभएको बेहोराको पत्र लेखेपछि यस्तो खुलासा भएको हो । ‘भारत पेट्रोलियमले निर्यातमा यो सुविधा लिन मिल्दैन भन्छ भने अरू कम्पनीमा पनि यो व्यवस्था लागू हुन्छ भन्ने लागेर खोजबिन शुरू गरिएको हो,’ प्रमुख भन्सार प्रशासक भण्डारीले आर्थिक अभियानसित भने । भारत पेट्रोलियमको पत्रसहित भन्सार विभागलाई जानकारी पठाइएको उनले बताए । विभागले यसबारेमा विस्तृत छानविन गरिरहेको पनि उनले जानकारी दिए । साप्mटाअन्तर्गत बिटुमिन आयातमा ७ दशमलव २५ प्रतिशत भन्सार महशुल लाग्छ । अन्य देशबाट हुने आयातमा १५ प्रतिशत तिर्नुपर्छ । यही महशुल अन्तरमा बढी फाइदा कमाउन आयातकर्ताले भारतका केही साना कम्पनीबाट साफ्टा सुविधाको कागजात बनाएर आयात गर्दै आएका थिए । भन्सारले अहिले साफ्टा सुविधामा बिटुमिनको आयातमा रोक लगाएको छ । केही आयातकर्ताले १५ प्रतिशत महशुल तिरेर पास गराएको भण्डारीले बताए । साप्mटा सुविधाको कागजात बनाएर आएका १० ओटा गाडी भन्सारमा रोकिएको पनि उनले जानकारी दिए । भारत पेट्रोलियम, हिन्दुस्तान पेट्रोलियम र भारतीय आयल कर्पोरेशन ठूला तेल प्रशोधक कम्पनी हुन् । यी कुनै पनि कम्पनीले निर्यातमा साफ्टा सुविधाको पत्र जारी गर्दैनन् । नेपालका आयातकर्ताले भने भारतका अन्य कम्पनीबाट यस्तो राजस्व सहुलियतको पत्र बनाएर बिटुमिन आयात गर्दै आएका छन् । बिटुमिन कच्चा तेल प्रशोधन गरी अन्य पेट्रोलियम पदार्थ बनाउँदा निस्किने बाइप्रोडक्ट हो । साफ्टामा पाउने भन्सार महशुलको सुविधाका लागि सार्क देशको आफ्नै कच्चा पदार्थमा आधारित उत्पादन हुनुपर्छ । उत्पादनको निश्चित तहको मूल्य अभिवृद्धि गरेमा पनि यस्तो सुविधा पाउन सकिन्छ । तर, भारतमा अन्य देशबाट कच्चा तेल ल्याएर पेट्रोलियम पदार्थ उत्पादन हुन्छ । भारत पेट्रोलियमले पेट्रोलियमको बाइप्रोडक्टका रूपमा उत्पादन हुने बिटुमिनमा ६० प्रतिशतभन्दा बढी तत्त्व आयातित वस्तुको हुने भएकाले सुविधा नपाउने बेहोराको पत्र पठाएको थियो । स्रोतका अनुसार नेपालका आायतकर्ताले भारतका अन्य कम्पनीबाट अनधिकृत रूपमा सुविधाको कागजात बनाएर आयात गरेको थाहा पाएपछि भारत पेट्रोलियमले यस्तो पत्र पठाएको हो । भन्सारले महशुलमा कडाइ गरेपछि बजारमा बिटुमिनको अभाव देखिएको छ । सीमित आयातकर्ताले १५ प्रतिशत भन्सार महशुल तिरेर भिœयाएको बिटुमिन महँगोमा बेचिरहेका छन् । आयातकर्ताले इरान लगायत मुलुकबाट भारतमा ल्याइएको बिटुमिनसमेत कागज मिलाएर सुविधामा नेपाल भित्र्याउने गरेको तथा यसमा वीरगञ्ज र काठमाडौंका केही व्यवसायी संलग्न भएको दाबी स्रोतको छ । भारतीय बिटुमिनको तुलनामा अन्य देशको उत्पादन प्रतिलिटर ८ रुपैयाँ सस्तो पर्ने तर गुणस्तर न्यून हुने बताइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)