ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा द फर्न रेजिडेन्सी होटल सञ्चालन, चार तारेसरहको सुविधा

Jun 15, 2019  
प्रदेश समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ ३२, चितवन । चौधरी समूह (सिजी)ले भरतपुरमा निर्माण गरेको ल्याण्डमार्क कम्प्लेक्समा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको छ । ‘सिजी हस्पिटालिटी’ अन्तर्गत द फर्न रेजिडेन्सीको नामबाट चेन होटल सञ्चालनमा ल्याइएको शुक्रवार यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।

चार तारेसरहको सुविधा दिने गरी यसै महीनाबाट होटलले सेवा दिन शुरु गरेको छ । नेपाल भित्रने पर्यटकका लागि चितवन तेस्रो गन्तव्य हो । यस क्षेत्रमा जंगल सफारी र व्यावसायिक प्रयोजनको लागि घुमघाम गर्न आउने पर्यटकलाई लक्षित गर्दै सिजीले यो होटल सञ्चालनमा ल्याएको बताएको छ । होटलका महाप्रबन्धक सुरज थापाका अनुसार बहुतले भवनको पाँचौं तल्लादेखि दशौं तल्लासम्म ४८ कोठा रहेका छन् । सबै कोठाबाट भरतपुरको मनोरम दृश्यावलोकन गर्न सकिनेछ । छैटौं तल्लामा पौडी पोखरी, अपांगमैत्री कोठा र दुई ओटा १५० जना अट्ने सभा कक्ष रहेका छन् । होटलले प्रयोगमा आएका पानी र ठोस पदार्थलाई प्रशोधन गरी पुनः प्रयोगमा ल्याएको छ । यो समूहले ‘द फर्न रेजिडेन्सी’ ब्राण्डमा यसअघि काठमाडौंको सोल्टीमोडमा व्यावसायिक होटल सञ्चालनमा ल्याइसकेको छ ।

जिल्लाको मेघौलीमा पनि चौधरी समूहको होटल ताज रहेको छ । चेन होटल द फर्न रेजिडेन्सी नेपाल भारत र युरोपमा गरी ६३ ओटा छ । भवनमा सपिङ कम्प्लेक्स, फुडकोर्ट, सिनेमा घर, रिक्रिएशन सेन्टर, बैंक, ट्राभल एजेन्सीसहितको सुविधा छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)