ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

 मनमोहक सरिया चिल्ड्रेन पार्क, जहाँ बालबालिकाले निःशुल्क मनोरञ्जन लिन्छन्

Jun 15, 2019  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ ३२, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाअन्तर्गत बागमती कोरिडोरमा अवस्थित यो सरिया चिल्ड्रेन पार्क हो । हुन त काठमाडौं उपत्यका भित्र कैयौं शसुल्क पार्कहरु छन् तर यो एकमात्र निःशुल्क चिल्ड्रेन पार्क हो ।

अन्य पार्कमा पैसा तिरे पछि मात्र प्रवेश गर्न पाइन्छ भने यो पार्कमा त्यस्तो कुनै शुल्क लाग्दैन । यो पार्क विहान ६ बजे देखि वेलुका ६ बजे सम्म खुल्ला रहन्छ । १२ वर्ष सम्मका बालबालिकालाई अभिभावकले ल्याएर घुमाउन सक्छन् ।

यसक्रममा बालबालिकाले पार्कमा खेलेर निक्कै नै मनोरञ्जन लिन सक्दछन् । यहाँ बालबालिकाको लागि पिंङ, रोटेपिङ स्लाइडिंग, चिप्लेडिंग राखिएको छ ।

यो करीब पाँच वर्ष देखि संचालनमा रहेको छ । यस पार्कमा अभिभावक मात्र होइन बटुवाहरुसमेत बालबालिकाहरु लिएर आउने गरेका छन् । पार्कमा अन्य दिनको तुलनामा सार्वजनिक विदा र शनिवारको दिन त बालबालिकाको भिड लागेको देख्न सकिन्छ ।

यो पार्क बागमती कोरिडोर छेउमै रहेको छ । साथै बागमती सरसफाई अभियानको क्रममा यस पार्कको छेउमा हरियो दुवो रोपेर झन मनमोहक बनाइएको छ ।

यस पार्कमा जोरपाटी हुँदै नारायणटार पुलबाट दक्षिण भएर जान सकिन्छ भने बागमती नदीको किनारै किनार हुँदै गोठाटार पुलबाट पनि पुग्न सकिन्छ । तस्वीरहरु : प्रदीपकुमार श्रेष्ठ /आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)