ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

त्रिभुवन विमानस्थल : १५ दिनभित्रै ‘रनवे रिह्याब’को काम सक्ने तयारी

Jun 16, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘रनवे रिह्याब’ (पुरानो कालोपत्र उप्काएर नयाँ हाल्ने कार्य) अन्तिम चरणमा पुगेको छ । आगामी असार १५ गतेभित्र धावनमार्गको कालोपत्र फेरिने नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले जानकारी दिएको छ । विमानस्थलमा रिह्याबको पहिलो चरणको काम सकिएको छ भने दोस्रो चरणको काम जारी छ । ४० वर्षअघि निर्माण गरिएको विमानस्थलको धावनमार्गको कालोपत्र पहिलोपटक पूरै फालेर नयाँ हाल्न लागिएको हो । अहिले गरेको कालोपत्रले पुनः ३० देखि ४० वर्षसम्म काम दिने प्राधिकरणले जानकारी दिएको छ । चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरीङले रू.४ अर्ब २७ करोडमा रनवेको स्तरोन्नति गरिरहेको छ । नेपाली र चिनियाँ गरी दैनिक साढे ३ सय जनाभन्दा बढी जनशक्ति काममा खटिएका छन् । गत वर्षको चैत १८ गतेदेखि धावनमार्ग स्तरोन्नति शुरू गरिएको थियो । राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा उडान बन्द गरेर रिह्याबको काम हुँदै आएको छ । आयोजनाका निर्देशक बाबुराम पौडेलले भने, ‘रिह्याबको लागि आवश्यक सामग्रीको व्यवस्थापन तथा पर्याप्त जनशक्ति परिचालन गरिएको छ । मौसमले साथ दिए निर्धारित समयमै काम सकिनेछ ।’ धावनमार्ग मर्मतको पहिलो चरणमा तल्लो ‘लेयर’को काम अन्तर्गत २० सेन्टिमिटर कालोपत्र गरिसकिएको आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले जानकारी दिए । अब दोस्रो चरणमा ६ दशमलव ५ सेन्टिमिटर कालोपत्र थपिने उनले बताए । धावनमार्गको मर्मतसँगै पहिलो पटक ‘रनवे सेन्टरलाइन लाइट’ जडान गरिएको छ । बत्ती जडानको अहिलेसम्म ‘डट’ हाल्ने कामसमेत सकिएको छ । धावनमार्गको मर्मतपछि सुरक्षित उडान अवतरणमा सहज हुनाका साथै विमान ‘होल्ड’ हुने समस्याको पनि अन्त्य हुने विमानस्थलले जानकारी दिएको छ । रिह्याबपश्चात् विमानस्थल २४ घण्टा नै सञ्चालनका लागि योग्य हुने प्राधिकरणको धारणा छ । यो काम सकेपछि आठ महीनाभित्र ट्याक्सी वे को काम सक्ने प्राधिकरणको योजना छ । विमानस्थलमा अहिले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान गरी दैनिक सरदर ४ सय उडानहरूको ‘मुभमेन्ट’ हुने गर्छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)