ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बियर शुद्धता सूत्रलाई विश्व सम्पदा सूचीमा राख्न माग !

Dec 8, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

पुराना, आश्चर्यजनक र अति महत्वपूर्ण मठमन्दिर, धार्मिक तथा सांस्कृतिक सम्पदा, राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रहरुलाई विश्व सम्पदा सूचीमा राखिने गरिन्छ । तर, हालै जर्मनीका बियर उत्पादकहरुले बियरलाई शुद्ध राख्ने आफ्नो पाँच शताब्दी पुरानो सूत्र ‘रेनहेइस्गेबट’लाई विश्व सम्पदा सूचीमा समावेश गर्नुपर्ने माग राखेका छन् । उनीहरुले स्पेनी लोकगीत तथा नृत्य ‘फ्ल्यामेन्को’ र टर्कीको ‘आयल रेस्लिङ फेष्टिवल’लाई अमूर्त सम्पदामा राखिएको औंल्याउँदै ‘संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन’सँग यस्तो माग गरेका हुन् । यस सूत्रबाट बियर बनाउँदा पानी, जौ र मर्चा मात्र प्रयोग गरिन्छ ।

हाल जर्मनीमा करीब १ हजार ३ सय बियर उत्पादन केन्द्र र ५ हजार ब्राण्डका बियर पाइन्छन् । ‘जर्मनी अझै पनि निर्विवाद रुपमा बियर उत्पादक राष्ट्रका रुपमा चिनिनुका पछाडि ‘रेनहेइस्गेबट’को ठूलो हात छ,’ जर्मन बु्रअर्स फेडेरेशनका अध्यक्ष ह्यान्स–जर्ज इलिसले भने । यो पुरानो परम्परालाई जोगाउनकै लागि विश्व सम्पदा सूचीमा राख्नुपर्ने माग उठाइएको बताइएको छ । रेनहेइस्गेबट सन् १५१६ मा दक्षिणपूर्वी जर्मनीको बाभरियामा शुरु गरिएको थियो । यस पद्धतिलाई सन् १९०६ देखि देशव्यापी रुपमा अपनाइएको थियो ।

यो विश्वकै सबैभन्दा पुरानो खाद्य तथा पेय निर्माण सूत्र भएको इलिसको कथन छ । त्यतिबेला बियरका पारखीहरुलाई सस्तो र जोखीमयुक्त बियर पिउनबाट जोगाउन यसको थालनी गरिएको थियो । जर्मनी यूरोपको सबैभन्दा ठूलो बियर उत्पादक राष्ट्र हो । तर, यहाँको प्रतिव्यक्ति बियर खपत भने केही वर्षयता घट्दो क्रममा रहे पनि त्यहाँ विश्वको सबैभन्दा ठूलो बियर फेष्टिवल ‘अक्टोबरफेष्ट’ (१६ दिनसम्म चल्ने महोत्सव) हुने गरेको छ । यस महोत्सवले यो वर्ष ६४ लाख पर्यटक आकर्षित गरेको सरकारी तथ्याङ्कले देखाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)