ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४ स्थानीय तहमा आप्रवासन परियोजना लागु हुँदै

Jun 20, 2019  
प्रदेश समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

असार ५, हेटौंडा । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मकवानपुर जिल्लाको चार स्थानीय निकायमा सुरक्षित आप्रवासन परियोजना शुरु गर्ने बताएको छ । उक्त मन्त्रालयले स्विस इन्टरनेशनल कोअपरेशन नेपालको सहयोगमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बकैया गाउँपालिका र मनहरि गाउँपालिकामा परियोजना शुरु गरिने बताएको छ । मन्त्रालयका उपसचिव दीनबन्धु सुवेदीले परियोजनाअन्तर्गत सम्बन्धित् स्थानीय निकायले वैदेशिक रोजगारीमा जानेहरुका लागि सीप तथा तालीम र क्षमता अभिवृद्धि कार्यक्रमका साथै वैदेशिक रोजगारबाट फर्कनेहरुलाई उचित लगानीको वातावरण निर्माण गर्नुपर्ने बताए । आ.व. २०७६/७७ बाट शुरु हुने उक्त परियोजनामा प्रत्येक स्थानीय निकायलाई रू. १४ लाख ६० हजार र जिल्ला आप्रवासी केन्द्रलाई रू.४१ लाख बजेट विनियोजनसमेत भएको परियोजनाका संयोजक तरुण अधिकारीले जानकारी दिए । सो मन्त्रालयले मकवानपुर जिल्लामा गत आवमा पुरुष ४ हजार २२३ र महिला १ हजार १८३ गरी जम्मा ५ हजार ४०७ जनालाई वैदेशिक रोजगारीमा गएको बताएको छ ।

मन्त्रालयले मकवानपुरका स्थानीय निकाय प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालय, स्थानीय प्रशासन र सञ्चारकर्मीहरुसँग सो आप्रवासन परियोजनाका सम्बन्धमा छलफल गरी जानकारी दिएको हो ।  सो अवसरमा हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीना लामाले वैदेशिक रोजगारीमा जानेहरुको लागि सरकारको तीन ओटै निकायले हेर्नुपर्ने बताइन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)