ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महाभारत क्षेत्रको लोक्ता खेर जाँदै

Jun 20, 2019  
प्रदेश समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

असार ५, सिन्धुली(अस) । यस जिल्लामा प्रशस्त मात्रामा पाईने लोक्ता त्यत्तिकै खेर गइरहेको छ । यस बाट नेपाली काजग बनाउन सकिने भएपनि यसतर्फ स्थानीय तहको खासै ध्यान जान सकेको छैन । लोक्ता विषेश गरी सरकारी कार्यालयमा प्रयोगमा आउने कागज बनाउने कच्चा पदार्थ भएपनि यसको उत्पादन गरी रोजगारी दिनेतर्फ भने सरोकारवाला निकायको चासो पुगेको देखिदैन । सिपको अभावमा सिन्धुली जिल्लामा यसको प्रयोग हुन सकिरहेको छैन । लोक्ताबाट कागज बनाई विक्री गरेर आयआर्जन गर्न सकिने सम्भावना भएपनि जिल्लामा बेरोजगार युवाहरु अबसरबाट बञ्चित छन् ।

बहुमुल्य उक्त बनस्पति महाभारत जंगलमा प्रशस्त पाईने भएतापनि त्यसै खेर गएको छ । जिल्लाका डुडभञ्ज्याङ् , महादेवडाँडा, बाहुनतिल्पुङ्, पोखरी लगायतका क्षेत्रमा क्षेत्रमा लोक्ता पाईन्छ । महादेवडाँडा निवासी खड्गबहादुर सुनुवार उक्त बनस्पतिलाई उचित रुपमा सदुपयोग गर्न अहिलेसम्म कुनै पनि निकायको ध्यान पुग्न नसकेको गुनासो गर्छन् । उनले भने, ‘सयौं बेरोजगार व्यक्ति धन कमाउन विदेश गएका छन्, तर गाँउ घरमै बसेर धन कमाउने स्रोतको उपयोग हुन अझै सकेन ।’

सम्बन्धित् निकायले गाउँका युवालाई लोक्ताबाट कागज बनाउने सिप सिकाउन सके धन कमाउनका लागि अरब र मलेसिया जस्ता मुलुक जानु नपर्ने साविक बाहुनतिल्पुङ् गाविसका निबर्तमान् अध्यक्ष दानबहादुर तामाङको धारणा छ । उनका अनुसार छिमेकी जिल्ला दोलखामा लोक्ताबाट कागज बनाई बेरोजगार व्यक्तिले राम्रो आय आर्जन गरिरहेको सुनेको भएपनि युवाहरु त्यस्तो अबसरबाट बञ्चित हुनु परिरहेको छ । जिल्लाका बेरोजगार व्यक्तिहरुलाई विभिन्न सिपमुलक तालिम दिदै आएको घरेलु तथा साना उद्योग विकास समितिले पनि लोक्तालाई सदुपयोग गर्न हालसम्म कुनै तालिम सञ्चालन गर्न सकेको छैन ।

घरेलु तथा साना उद्योग विकास समितिका अनुसार यस जिल्लामा कागज उद्योग स्थापना गर्न ऐनले पनि साथ दिएको छैन । वन ऐनमा वन क्षेत्रको पाँच किलोमिटर भित्र वनमा आधारित कुनै पनि उद्योग सञ्चालन गर्न नपाईने उल्लेख छ । तर यस जिल्लामा लोक्ता पाईने क्षेत्रको बस्ति वरपर नजिकै वन रहेकाले पनि उद्योग स्थापना गर्न समस्या उत्पन्न भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)