ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक वर्षको भाडाले पूरै लगानी उठ्दै

Jun 23, 2019  
प्रदेश समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार ८, चितवन । भरतपुर नागरिक उड्डयन कार्यालयको चौबिसकोठी तर्फको झाडी फाँडेर बनाएको दुईतले व्यावसायिक भवनको एक वर्षको भाडाले पूरै लागत उठ्ने भएको छ । प्रयोगविहीन भएको जमीनलाई व्यवस्थित गरी रू.२ करोडको लागतमा निर्माण गरिएको भवन बोलपत्रमार्फत एक वर्षको रू.२ करोड आउने गरी भाडामा लागेको छ । कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार तीन वर्षका लागि न्यूनतम रू. ७८ लाख राखेर बोलपत्र आह्वान गरिएकामा एउटा फमले तीन वर्षमा रू. ६ करोड तिर्ने गरी बोलपत्र सकार गरेको छ । अपेक्षाभन्दा निकै बढी भाडा उठ्ने भएको गौतमले बताए । दुईतले सो भवनको एक तलामा २२ ओटा कोठा रहेका छन् । बोलपत्रका लागि ६० ओटा फमले फारम लगेकामा ३८ ओटाले बोलपत्र पेश गरेका थिए । तीन वर्ष लगाएर बनाइएको सो भवन ९८० स्क्वायर मिटर फराकिलो छ । अधिकांशले ठूलो रकम राखेर प्रतिस्पर्धा गरेको गौतमले जानकारी दिए । पश्चिम चितवन र पूर्वी चितवन जाने मुख्य चोक भएकाले भाडा रकम धेरै उठ्ने भएको हो । विगतका वर्षमा सरकारी जमीन मिलेमतोमा बोलपत्र मिलाएर कम रकममा भाडामा लगाइने गर्दथ्यो । पछिल्लो समय विद्युतीय पद्धतिबाट बोलपत्र आह्वान (इ विडिङ) गर्न शुरु गरेपछि सरकारी जमीन र भवनको भाडा धेरै उठ्ने गरेको छ । रासस
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)