ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सक्रिय बैंक खाता १ करोड ९२ लाख : महिलाका खाता पुरुषको तुलनामा झन्डै आधा

Jun 24, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । ‘सबैको बैंक खाता’ अभियान घोषणा भए पनि हालसम्म १ करोड ९२ लाख (जनसंख्याको ७४ प्रतिशत) मात्र सक्रिय बचत खाता पाइएको छ । त्यसमध्ये महिलाको नाममा २६ प्रतिशत र पुरुषको नाममा ४८ प्रतिशत बचत खातामा सक्रिय रूपमा कारोबार भएको छ । यद्यपि, एकै जनाको नाममा विभिन्न बैंक र वित्तीय संस्थामा अनेकौं खाता रहने गरेकाले सक्रिय बैंक खाता भएको वास्तविक जनसंख्या यसभन्दा निकै कम रहेको छ । नेपाल राष्ट्र बैंकको गत चैत मसान्तको तथ्यांक अनुसार देशका बैंक तथा वित्तीय संस्थामा महिलाको नाममा ६७ लाख २ हजार र पुरुषको नाममा १ करोड २५ लाख ४० हजार बचत खाता सक्रिय रूपमा सञ्चालित छन् । बैंक तथा वित्तीय संस्थामा हालसम्म कुल २ करोड ३० लाख खाता (जनसंख्याको ८९ प्रतिशत) खोलिएका भए पनि ती सबै सक्रिय छैनन् । एउटै व्यक्ति वा संस्थाले विशेष कामका लागि विभिन्न बैंकमा खाता खोल्ने तर सबैमा नियमित कारोबार नगर्ने हुँदा सबै खाता सक्रिय हुन नसकेकोे एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । उनका अनुसार कतिपय बैंकले अझ शून्य मौज्दातमा नै खाता खोल्ने योजना ल्याएका छन् । त्यस्ता खाता खोल्नेहरूले बिर्सेपछि ती खातासमेत निष्क्रिय भएका छन् । बैंक तथा वित्तिय संस्थाको पहुँच देशभर बढ्दै गएकाले अब सर्वसाधारणले खाता खोल्ने क्रम तीव्र हुने मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेली बताउँछिन् । तीन वर्षसम्म नगद राख्ने र झिक्ने नगरेमा बचत खातालाई स्वतः निष्क्रिय मानिन्छ । चल्ती खाता र कल खाता भने ६ महीनासम्म कारोबार नभएपछि निष्क्रिय हुन्छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)