ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बंगलादेशको चासो सुनकोशी र दूधकोशीको विद्युत्मा

Jun 24, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
काठमाडौं । बंगलादेशले नेपालका सुनकोशी र दूधकोशी नदीमा बन्ने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् आयात गर्ने चासो देखाएको छ । ऊर्जा मन्त्रालय स्रोतका अनुसार ढाकामा शुक्रवार सम्पन्न दुई देशका ऊर्जा सचिवस्तरीय बैठकका सिलसिलामा बंगलादेशी अधिकारीहरूले त्यस्तो आशय व्यक्त गरेका हुन् । त्यसो त सुनकोशीमा बंगलादेशी चासो नौलो होइन । उसले नेपालसँग २०७३ कात्तिकमै सुनकोशी–२ र सुनकोशी–३ जलविद्युत् आयोजनामा लगानी गर्ने सहमति गरेको थियो । यद्यपि सो सहमति अगाडि बढ्न सकेको थिएन । अहिले यी दुई नदीमा बंगलादेशको चासो देखिनुमा भौगोलिक सामीप्यता नै प्रमुख कारण हो । बंगलादेश तत्कालका लागि भारतको विद्युत् प्रसारण संरचना प्रयोग गरी र भविष्यमा आपैmले भारतीय भूमि हुँदै संरचना विकास गरी नेपालबाट विद्युत् आयात गर्न खोजिरहेको छ । त्यसैले सबैभन्दा छोटो दूरीमा विद्युत् आयात गर्न सकिने सम्भावना खोज्ने क्रममा उक्त दुई नदीको विद्युत् लैजाने आशय बंगलादेशको सरकारी पक्षबाट आएको हो । हालै नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय, ज्वाइन्ट स्टेयरिङ कमिटी (जेएससी) र सहसचिवस्तरीय ज्वाइन्ट वर्किङ ग्रूप (जेडब्ल्यूजी) को दोस्रो बैठक सम्पन्न भएको छ । पहिलो बैठकमै उठेका विषयहरू बंगलादेशले नेपालको जलविद्युत्मा लगानी गर्ने तथा भारत हुँदै विद्युत् लैजाने लगायत विषय औपचारिक छलफलमा उठेका थिए । ‘बैठकमा चर्चा नभए पनि भौगोलिक सामीप्यका कारण बंगलादेशले सुनकोशी र दूधकोशीमा उत्पादित विद्युत् लैजाने सम्भावना देखिएको छ,’ बैठकका एक सहभागीले बताए । लगानीको ढाँचा तय भएको छैन : सचिव घिमिरे बैठकमा बंगलादेशी पक्षले नेपालका जलविद्युत् आयोजनामा लगानी गर्न इच्छा देखाएपछि नेपाली पक्षले ऊर्जा मन्त्रालयले जारी गरेको श्वेतपत्रमा उल्लिखित २० आयोजनाको सूची दिएको छ । त्यसमध्ये अन्यत्रबाट लगानीको निश्चित नभएका आयोजनामध्ये उपयुक्त लागेको आयोजना छनोट गर्न सूची दिएको नेपाली टोलीका तर्फबाट बैठकको नेतृत्व गरेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले बताए । ‘लगानीको ढाँचा यसै पटकको बैठकमा तय गर्ने भन्ने थियो, तर कुन आयोजनामा लगानी गर्ने भन्ने निश्चित नभएका कारण हुन सकेन,’ घिमिरेले भने, ‘यदि जलाशययुक्त आयोजनामा लगानी गर्ने भन्ने भए एउटा ढाँचा हुनसक्छ, जनताको जलविद्युत् अभियानका आयोजना भए अर्कै हुनसक्छ ।’ लगानीका लागि उपयुक्त जलविद्युत् आयोजना छनोट गर्ने काम दुवै देशका ३/३ सदस्यीय संयुक्त टोलीले अध्ययन गरी ३ महीनाभित्र प्रतिवेदन बुझाउने निर्णय भएको घिमिरेले बताए । ‘हामीले लगानी गर्न सकिने विभिन्न चार ढाँचा दिएका छौं,’ उनले भने, ‘जसमा लाइसेन्स लिएर, निजी तथा सरकारी तवरबाट अघि बढाइएका आयोजनामा संयुक्त उपक्रम गरेर, एक्लैले वा लगानीबोर्डमार्फत आएर रहेका छन् ।’ माग र आपूर्तिको समय पहिचान हुने बंगलादेशले नेपालबाट विद्युत् लैजाने सहमति भइरहँदा उसलाई चाहिने र हामीकहाँ उपलब्ध हुने समयको पहिचान गरिने भएको छ । बंगलादेशका माग रहँदा नेपालले आफूलाई पर्याप्त भई निर्यात गर्न सकिने अवस्थामा मात्रै दिने समयको पहिचानका लागि अध्ययन गर्ने सहमति भएको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)